महाकाली

महाकाली जलाशय

जलाशय क्षेत्रले ओगटेको क्षेत्रः १५,६४० वर्ग किमि
नेपालभित्र यसले ओगटेको क्षेत्रः ३२ प्रतिशत (क्षेत्रफल ५०३७ वर्ग किमि)
नदी प्रणालीः हिउँ पग्लिएर बनेको नदी प्रणाली
जम्मा जलाधार क्षेत्रः ७ (क्षेत्र विस्तार माथिल्लो महाकाली ४६.२३ देखि चमेलिया १९४८ वर्ग किमि)
चमेलियाः जलाशय क्षेत्रको ३९ प्रतिशत ओगटेको
वन क्षेत्रः ४७ प्रतिशत
संरक्षित क्षेत्रः अपिनप्पा संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
परियोजनाको प्राथमिकताका जलाधार क्षेत्रः २ ओटा

तल्लो महाकाली जलाधार

महाकाली नदी जलाशयः हिउँ पग्लिएर बनेको नदी प्रणाली
प्रदेश नः ७, जिल्ला कञ्चनपुर
नगरपालिकाहरुः     भिमदत्त र महाकाली
संरक्षित क्षेत्रः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
जनसंख्याः १४३,८५२ (केन्द्रिय तथ्यांक विभाग २०११)
जम्मा जलाधार क्षेत्रः ३१० वर्ग किमि
उचाइः १८० देखि १,००० मिटर
सहायक नदीहरुको संख्याः १६
मूख्य नदी, ताल र सिमसार क्षेत्रहरुः महाकाली नदी, टिकेनी खोला, जोगबुढा नदी, रानी ताल

भू–उपयोगः कृषि ३५ प्रतिशत, जंगल क्षेत्र २९ प्रतिशत, झाडी र बुट्यान २४ प्रतिशत, नदीनालाः ०.२४ प्रतिशत

रंगुन जलाधारका मुख्य विषयवस्तु र अवसर
अन्तरदेशिय जल व्यवस्थापनः अन्तरदेशिय संयोजन समितिलाई शक्तिशाली बनाउनु
बाँध व्यवस्थापनसँग सञ्चार प्रणाली स्थापना गर्ने ।

बाढीका कारण हुने डुवान, नदी कटान र भूक्षयः भिरालो र नदी किनारलाई स्थिर बनाउने कम खर्चिला उपायबारे तालिम र सहयोग दिने ।

पहिरो नियन्त्रण गर्न र माथिल्लो क्षेत्रका कृषियोग्य भूमि जोगाउन बगिरहने पानीको नियन्त्रणको लागि सहयोग गर्ने ।

पहिलाभन्दा राम्ररी डढेलोको व्यवस्थापन गर्न चेतना जगाउने ।

पूर्व चेतावनी प्रणालीको बलियो बनाउने ।

माछाको उपलव्धतामा कमि र अल्पकालिन माछा मार्ने अभ्यासः मारिएका माछाबारे सर्भेक्षण गर्ने ।
पर्यापर्यटन प्रवद्र्धन गर्ने (जस्तैः माछा मार्ने प्रतियोगिता, माछा समात्ने र छोड्ने) ।

विनासकारी माछा मार्ने प्रणालीसँग जुध्न समुदायमा आधारित चोरिशिकारी विरोधी अभियानलाई खटाउने ।

रंगुन खोला जलाधार

यो जलाधार क्षेत्र महाकाली नदी प्रणालीमा पर्दछ । प्रदेश न. ७ को डडेल्धुरा जिल्लामा पर्ने यस जलाधारले पर्शुराम, अलिताल र जोरायल गरि ३ ओटा गाउँपालीका एवं नगरपालीकाको क्षेत्र ओगटेको छ । यो जलाधार क्षेत्रको क्षेत्रफल ६८८ वर्ग किमि रहेको छ । सहायक खोला एवं खोल्साहरु १३५ ओटा छन् । केन्द्रिय तथ्यांक विभागका सन् २०११ को तथ्यांकअनुसार यस जलाधार प्रभावित क्षेत्रको जनसंख्या ५७,५१५ रहेको छ ।

यस जलाधारको मुख्य नदी, ताल र सिमसार क्षेत्रहरु ७ ओटा छन्, रंगुन, पुन्तुरा गाड, सिर्सा गाड, सुन खोला, सान्दानी खोला र अलिताल । यस क्षेत्रको भू–उपयोगमा ९०.६८ प्रतिशत जङ्गल र १.५९ प्रतिशत चरन क्षेत्र (घाँसे मैदान र झाडीसमेत), ६.२९ प्रतिशत खेती गरिएको क्षेत्र, १.४४ प्रतिशत नदी÷खोल्सा, सहयाक नदी क्षेत्र र ०.०१ प्रतिशत पोखरी÷ताल÷बाँध क्षेत्र । त्यसबाहेक ०.०१ प्रतिशत क्षेत्र भूक्षय प्रभावित ।

रंगुन जलाधारका विषयवस्तु र अवसर

विषयवस्तु अवसर

पानीका स्रोत सुक्नु र खुख्खापन
– पानीका स्रोतहरुको मर्मत एवं सुधार
– प्राकृतिक पोखरीहरुको संरक्षण र कृत्रिम पोखरी निर्माण (जस्तैः आकाशेपानी संकलन)
– वृक्षारोपण र घाँस लगायतको रोपण ।

माछा प्रजाति र भण्डारणमा कमी – माछाका दूर्लभ प्रजातिको कृत्रिम प्रजनन व्यवस्थापन गर्ने ।
– माछाका भएका वासस्थान संरक्षण गर्ने र वैकल्पिक माछाका वासस्थान व्यवस्थापन गर्ने ।

विनासकारी माछा मार्ने अभ्यास     
– नीति एवं प्रावधान तयार गर्ने र स्थानीय स्तरमा लागू गर्ने ।
– जनचेतनामूलक गतिविधिहरु

Facebook Comments