भूमिगत पानीका स्रोत सुक्दै

पूर्व–पश्चिम राजमार्गसँग टाँसिएको गाउँ हो– लालपुर । तरकारी खेतीका लागि कहलीएको यो गाउँ हाल गोलबजार नगरपालिमा गाभिएको छ । गाउँ नगरपालिका बन्यो तर पानीको अभाव उस्तै छ ।

तरकारी खेतीबाट जीवनस्तर उकास्ने लागेका रहेका यहाँका वासिन्दा यतिबेला चिन्तित छन् । खेतमा पानी लगाउन गाडेको चापाकल र बोरिंगबा पानी आउन छाडेको छ । खेतमा पानी लगाउने चिन्तासंगै खानेपानीका लागि समेत यहाँका बासिन्दा समस्या झेलिरहेका छन् । खानेपानीका लागि गाडेको चापाकलले पानी दिन छाडेको महिना दिन नघिसक्यो र ईनार पनि सुक्न थालिसक्यो ।

गाउँको ३१० घरधुरीको प्यास मेटाउने एकमात्र ईनारमा पनि पानी सुक्न थालिसकेको छ । माधव थपलियाको उतm ईनार सुकिसकेपछि खानेपानीका लागि झन समस्या हुने स्थानिय प्रमोद यादवले वताए । गाउँका अरु इनारमा पानी सुकेपछि सबै स्थानिय यही ईनारको पानीमा भर परिरहेका छन ।

रातभरमा जम्मा भएको ईनारको थोरै पानीका लागि गाउँभरीका मानिस झुमिन्छन् । तर पानी प्राप्त गर्न सहज छैन, घण्टौ लाईन बस्नुपर्छ । भाँडामा थोरै पानी लिएर प्यास मेटाउन घर फर्किन्छन स्थानीय । यो हाहाकारबाट छिट्टै पार पाउँ भन्दै गाउँलेहरु यतिवेला भगवान पुकारिरहेका छन् ।

पहिला –पहिला समयमै वर्षा हुन्थ्यो । चापाकल, इनारा पोखरी कहिल्यै सुक्दैनथ्यो गाउँका अग्रज झमनलाल यादव भन्छ्, ‘अहिले राजनिति जस्तै प्रकृतीले पनि रुप परिवर्तन गरेजस्तो छ । ‘हामी आकासतिर हेरेर अन्नबाली लगाउँथ्यो ।’ उनले पछिल्ला दिनहरुमा वढी हावाहुरी चल्न लागेको तर पानी त्यति नपरेको वताए ।

हरियाली हराउँदा प्रकृतीमा डरलाग्दो परिवर्तन आएको वातावरण तथा वन सम्वन्धि कितावी अध्यन नगरेका उनले सुनाए । ‘रुखविरुवाले छपक्क छोपिएको पहाड यतिवेला नागिंएर उराठ देखिन्छ । पहाडमा रुख विरुवा हराईसक्यो जताततै ढिस्को वाहेक कतै हरियो देख्न पाईदैन,’ उनले भने ।

पछिल्लो केहि वर्षमा चुरेमा व्यापक दोहन भयो । भारतको राष्ट्रिय राजमार्ग निर्माणमा आवश्यक निर्माण सामग्री यहाँबाटै लगियो । चुरेक्षेत्रमा क्रसर उद्योग राखेर चुरे उत्खन्न गरि उतm निर्माण सामग्री तयार पारेर राजमार्ग निर्माणमा आपुर्ती गरिन्थ्यो ।

जेसिवि र एक्साभेटरबाट चुरे फोडेर ढुँगा र ग्राभेल निकालिंदाको प्रभाव यतिबेला देखिन थालेको छ । त्यतिवेला चुरे दोहनको प्रभाव नदेखिएपनि पछिल्लो तिन वर्षदेखि दोहनको प्रभाव देखिदै छ । भूमिगत पानीको स्रोत सुक्दै गएको छ । चुरेमा अनियन्त्रित दोहनले पानी रिचार्ज क्षेत्र खुम्चिएर चुरे फेदका वस्तीबाट सुरु भएको खानेपानीको हाहाकार यो वर्षदेखि राजमार्ग र दक्षिणवर्ती वस्तीसम्म फैलिएको छ । चुरे फेदका वस्तीमा इनार र चापाकलमा पानी आउन छोडेको एक वर्ष भयो । यी वस्तीका वासिन्दा खोलाको र कुलोको पानी प्रयोग गरिरहेका छन् ।

चुरे फेदको गाउँ सिरहाको टोडकेमा तिन वर्षदेखि खानेपानीको हाहाकार छ । एकमात्र ओभरहेड ट्याँकीबाट गाउँभरीका स्थानिय खानेपानीका लागि लाम बस्छन् । दिउँसो एक घन्टा वितरण हुने पानी जम्मा गरेर २४ घन्टा पु–याउनुपर्ने हुन्छ ।

चुरे फेदको गाउँमात्र नभई गत्त वर्षदेखि गोलबजार नगरपालिकामा पनि पानी हाहाकार छ । चापाकल सुकेपछि यहाँका वासिन्दा खाल्डो खनेर चापाकल गाडेका छन् । १५ फिट गहिरो खाल्डो मुनी एक सय फिट गहिरो चापाकल धसाउँदा समेत राम्ररी पानी आउँदैन, गोलबजारका प्रमोद यादवले भने । लहानका रामप्रसाद यादवको चापाकल पानी दिन छाडेपछि उनले १५ फिट गहिरो खाल्डा खनेर कल गाडेको वर्ष दिन भयो तर पानी कम आउन थालेको छ । भुमिगत्त जलस्रोत कार्यालय लहानका अनुसार पहिला ४० देखि ६० फिटमुनी पानीको राम्रो पानीको तह पाईन्थ्यो तर अहिले एक सय फिट तल समेत पानीको तह भेटिदैन् ।

तस्विरःमिथिलेश यादव

Facebook Comments