पत्रपत्रिकामा आज : रुख कटान अन्तिम चरणमा, यात्रा हाेइन यातना

बिहिबार, असार २१, २०७५

काठमाडौँ– आजका पत्रपत्रिकाले वातावरणीय तथा विकास निर्माणका विभिन्न विषयलाई समाचार बनाएका छन् । रुख कटान अन्तिम चरणमा, सडक भासिएपछि पुल धराप लगायतका शिर्षकमा समाचार छापिएका छन् ।

कान्तिपुर
-आजको कान्तिपुर दैनिकले काठमाडौं–तराई फास्ट ट्रयाक : रुख कटान अन्तिम चरणमा शिर्षकमा समाचार छापेको छ । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण जिम्मा लिएको नेपाली सेनाले आवश्यक रूख कटान अन्तिम चरणमा पुर्‍याएको छ । सानाठूला गरी १ लाख ११ हजारभन्दा बढी रूख काटिसकेको सेनाले अब ३ हजारजति मात्र काट्न बाँकी छ ।
यद्यपि वर्षामा खोला बढेकाले केही समयलाई कटान रोकिएको छ । ‘खोला घट्नेबित्तिकै कटान गरिसक्छौं, बकैया र त्यस वरिपरिका खोला बढेकाले समस्या भएको हो,’ सहायक आयोजना प्रमुख एवं नेपाली सेनाका उपरथी भरतबहादुर खडकाले भने । अब मकवानपुरको बकैया गाउँपालिकाको अँधेरी क्षेत्रका रूख कटान गर्न बाँकी छ । कटान गरिएका रूख सेनाले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वनलाई बुझाउने गरेको छ । बाराको निजगढबाट गत मंसिर २७ गते रूख कटान थालिएको थियो । ‘सेनाले कटानसँगै घाटगद्दी पनि राम्रोसँग गरेकाले केही समस्या आएन,’ जिल्ला वन कार्यालयका प्रमुख प्रह्लाद धितालले भने । सबैभन्दा बढी रूख कटान मकवानपुर क्षेत्रमै भएको छ । रूख काट्न सुरुमा २ सय ६५ सैनिक खटिएकामा पछि करिब ५ सय जनालाई खटाइएको समाचारमा उल्लेख छ ।

त्यस्तै सडक भासिएपछि पुल धराप शिर्षकमा अर्को समाचार छापिएको छ। बर्खे भेलले सडक कटान गरेपछि हेलम्बु गाउँपालिकाअन्तर्गत तिम्बुस्थित दुङतेम्बा पुल धरापमा परेको छ । सवारीसाधन ठप्प छन् । अविरल वर्षाका कारण मंगलबार रातिको भेलले पुलको मुखैको सडक भासिएको हो । तिम्बु हुँदै दर्जनौं गाउँ जानुपर्ने यात्रु बाटैमा अलपत्र परेका छन् । करिब १५ वर्षअगाडि मेलम्ची खानेपानी आयोजनाद्वारा निर्मित दुङतेम्बा पुल मेलम्ची खोला तर्ने एक मात्र साधन हो । वर्षाले बढेको खोल्साले पुलको छेवैको भाग झारेपछि आवागमन ठप्प भएको हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘धराप’ बन्दै टोपे खोला शिर्षकमा अर्को समाचार छापिएको छ। नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोलामा पहिरो खस्दा बुधबार दिनभर सडक अवरुद्ध भयो । असार १२ गतेको पहिरोले लगातार ११ घण्टासम्म सडक बन्द भएको थियो । असारयता मात्रै यो ठाउँमा तीन ठूला पहिरो गइसके । टोपे खोलामा यो वर्ष मात्रै पहिरोले दुस्ख दिएको होइन । अघिल्लो वर्ष पनि ठूलो पहिरो झर्‍यो । लगभग ९ हजार घनमिटरको त्यो पहिरो हटाउन मेसिनलगायत उपकरणले लगातार १८ घण्टासम्म काम गरेका थिए । ‘अघिल्लो वर्ष जुन ठाउँमा ठूलो पहिरो गएको थियो । त्यसैको आडबाट यो वर्ष पनि पहिरो खस्न सुरु भएको छ । यो पहिरोले अझै दुस्ख दिन सक्छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने ।
राजधानीको ‘लाइफ लाइन’ मानिने यो सडक खण्डको टोपे खोला पछिल्लो समय धराप बन्दै गएको छ । यात्रु सास्ती भोग्न बाध्य छन् । पहिरो हटाउने विषयमा आयोजनाका अधिकारीसँग पनि कुनै ठोस उपाय छैन । आयोजना प्रमुख रोहितकुमार बिसुरालले भने, ‘त्यो क्षेत्रमा भएको कमजोर भूभाग पानी पर्दा बगेर तल आउने हो । त्यो नसकिँदासम्म पहिरो झरी नै रहन्छ । अब अहिलेलाई त्यो कमजोर भाग कहिले सकिन्छ भनेर पर्खनुको विकल्प रहेन ।’
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको बनाउन २०७२ वैशाखदेखि विस्तारको काम भइरहेको छ । साढे पाँच मिटर चौडाइको सडकलाई ९ देखि ११ मिटरसम्म चाक्लो बनाइएको छ । टोपे खोला क्षेत्रमा भने सडकको चौडाइ ९ मिटर छ । साँघुरो सडकलाई चौडा पार्न पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो खस्ने समस्या बढेको समाचारमा जनाइएको छ ।

नागरिक 
-अाजकाे नागरिकमा बर्खामा नारायणगढ–मुग्लिन सडकखण्ड असुरक्षित शिर्षकमा समाचार छापिएकाे छ । नारायणगढ–मुग्लिन सडकखण्डमा जेठ २२ गते पहिलाे तहकाे कालेपत्रे गर्ने काम सकियाे । २३ गतेबाट पूर्ण रूपमा सडक खुला गरियाे । सडक विस्तारकाे काम सकिएपछि तीन वर्षयता यात्रुले अारामदायी  यात्रा गर्न पाएका थिए । तर खुला र अारामदायी सडकमा यात्रा गर्न पाएकाे छाेटाे समयमै यात्रुले पहिराेकाे सास्ती खेप्नु परेकाे छ । सडकखण्डकाे टाेपेखाेलामा बुधबार पहिराे जाँदा ११ घण्टा यातायातका साधन ठप्प भए । बिहान ५ः३० बजे सडकमा खसेकाे पहिराे दिउँसाे ४ः३५ बजे हटाइयाे । टाेपेखाेलासँगै कालिखाेलानजिक पनि पहिराे गएकाे थियाे । वर्षा सुरू भएसँगै दिनहुँजसाे सडकमा पहिराे खसिरहेकाे छ । साेमबार पनि टाेपे खाेलामै पहिारे जाँदा अाठ घण्टा सडक बन्द भएकाे थियाे । यसअङि असार १२ गते पनि टाेपेखाेलामै मात्र तीन पटक ठूलाे पहिराे गएकाे छ । वर्षा हुनासाथ ठाउँठाउँमा पहिाराे खसेर सडक अवरूद्ध भइहाल्ने समाचामा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
-अाजकाे अन्नपूर्ण पाेस्टमा चाबहिल–जाेरपाटी–साँखु सडक ः यात्रा हाेइन यातना शिर्षकमा समाचार छापिएकाे छ । राजधानीकाे केन्द्रमै चाबहिल–जाेरपाटी–साँखु सडक  हिँड्न लायकसमेत हुन छाडेकाे छ । पानी परेपछि हुने हिलाे, निकास नुहँदा पाेखरीझैँ जमेर बस्ने पानी र सडकमाथिबाटै ढल बग्ने भएकाले सडककाे याे अवस्था भएकाे हाे । यस क्षेत्रमा स्थानीयले अाफ्ना बालबच्चालार्इ विद्यालय लैजान, बिरामी पर्दा अाकस्मिक सवारीसाधन बाेलाउन र अपर्झटदेखि नियमित काममा समेत सडककै कारणा समस्या भाेग्नुपरेकाे समाचारमा उल्लेख छ ।

गाेरखापत्र
-अाजकाे गाेरखापत्रमा चिप्लागाउँ पहिराेकाे जाेखिममा शिर्षकमा समाचार छापिएकाे छ । लमजुङकाे मर्स्याङ्दी गाउँपालिका ५, उपल्लाे चिप्लाकाे तल्लाे गाउँमा घर अगाडिबाटै पहिराे झर्न थालेपछि गाउँ उच्च जाेखिममा परेकाे छ । पहिराेकाे जाेखिम माेल्दै अाएका स्थानीयले कुनै सहयाेग नपाएकाे गुनासाे गर्दै अाएका समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका
-नयाँ पत्रिकाले पानी जहाज ल् अध्ययनसमेत छैन शिर्षकमा समाचार छापेकाे छ । सरकारले काेसाी, गण्डकी र कर्णालीमा पानी जहाज सञ्चालनका लागि अध्धयन गर्ने घाेषणा अागामी अार्थिक वर्षकाे बजेटमा गरेकाे छ । बजेटलार्इ अाधार मान्ने हाे भने अध्ययन गर्न मात्रै एक वर्ष लाग्छ । नेपालमा जलमार्ग चलाउन भारतसँग सम्झाैता भएकाे छ । तर, कुन रूटमा चलाउने भन्ने अध्ययनसमेत भएकाे छैन् । प्रारम्भिक अध्धयनसमेत नभएकाले कुन नदीमा चलाउन सकिन्छ, जहाजमा के के बाेक्न सकिन्छ र पूर्वाधार कसले बनाउँछ भन्ने विषयमा अनुमानसमेत गर्न नसिकएकाे वाणिज्य मन्त्रालयका एक अधिकारीले बताएकाे समाचारमा उल्लेख छ ।

Facebook Comments