छापामा आजः निर्माण नसकिँदै दुई ठाउँमा भासियो नारायणगढ–मुग्लिन सडकखण्ड, प्रकोप सुरु भएपछि हतार

काठमार्डाैँ– आजको पत्रपत्रिकाले देशभर परेको अविरल वर्षाले निम्त्याएको विपद्सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । विषेश गरी  नारायणगढ–मुग्लिन सडकखण्ड भासियोकाे समाचार सबै पत्रपत्रिकाले  छापेका छन् ।

कान्तिपुर
कान्तिपुरको पृष्ठ पाँचमा ‘ढुंगा–गिट्टी ठेक्कामा लाखौं अनियमितता’ शीर्षकमा प्रशान्त मालीले लेखेको समाचार छापिएको छ ।
गोदावरी नगरपालिकामा ढुंगा–गिट्टी वालुवा निकासी ठेक्कामा लाखौं रुपैयाँ अनियमितता भएको भेटिएको छ । गोदावरीका मेयर गजेन्द्र महर्जन र प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीलगायतले प्रक्रिया नपुर्याई ठेक्का दिएको हो ।
स्थानीय विकास मन्त्रालयका अनुसार निकासी कर लगाउनुपूर्व खानी तथा क्रसर उद्योगहरुको प्रारम्भिक वातावरणी अध्ययन रिपोर्ट (आईई्र) तयार गर्नुपर्छ ।
पृष्ठ १४ मा ‘प्रकोप सुरु भएपछि हतार’शीर्षकमा समाचार छापिएको छ । वर्षभरि सरोकारवाला मौन हुन्छन । सुक्खा लागेपछि प्रकोपपीडित पनि सेलाउँछन । मनसुन सुरु नहुन्जेल प्रकोप र त्यसका हानिबारे चर्चा हुँदैन । जब असारमा आकाशमा बादल मडारिन थाल्छ, सरकारी र सरोकारवाला संस्था तात्न थाल्छन् । रोकथाम र नियन्त्रण कार्य सुरु गरिन्छ ।

प्रकोप सुरु भएपछि गरिने यस्तो हतारले पीडा कम हुँदैन । वर्षा लागेपछि गरिएका रोकथाम र नियन्त्रण कार्य बाढीसँगै बगेर जान्छन् ।

पश्चिम नवलपरासीस्थित प्रतापपुर ८ फडकी टोलका बासिन्दा एक दशकदेखि बाढीपीडित छन । सधैं वर्षामा बाढीले घर भत्काउँछ, अन्नपात बगाउँछ, जसोतसो ज्यान जोगाउँछन् । उनीहरूका लागि बाढीले विनाश गरेपछि खाद्यान्न बोकेर पुग्ने संस्थाको भर पर्नुको विकल्प छैन । स्थानीय ७० वर्षीय रामेश्वर चमार राति जाग्राम बस्छन् । बाढी पस्ने चिन्तामा हुन्छन ।
त्यस्तै ‘भासियो मग्लिन सडक’शीर्षकमा रमेशकुमार पौडेले लेखेको समाचार छापिएको छ ।
निर्माणाधिन नारायणगढ–मुग्लिन सडकको गाईघाट नजिक चिरा परेको छ । सडक भाँस्सिने समस्या देखिएपछि त्यो ठाउँमा एकतर्फी रुपमा मात्रै गाडी चलाउन थालिएको छ ।

७० मिटर लम्बाइसम्म चौडाईतर्फ सडकको आधा भाग दबेको छ । अहिले भइरहेको निर्माणका कारणले नभएर सो ठाउँको भौगर्भिक अवस्थाका कारण समस्या आएको निर्माण सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

यसअघि नारायणगढबाट ८ किलोमिटरको दुरीमा पर्ने भत्तेरी भन्ने ठाउँमा निर्माणकै क्रममा सडक भासिएको थियो ।
नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार बिहान गाईघाट क्षेत्रमा अत्याधिक वर्षा भएको थियो । नारायणगढदेखि १७ किलो मिटर पर मुग्लिनतर्फ पर्ने ठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध पनि भएको थियो । धेरै नै वर्षा भएपछि खोल्सा खोल्सीहरुमा पानीको मुल फुटेको इन्जिनियर खनालले बताए । त्योसँगै सडकमा चिरा पर्न सुरु भएको उनको भनाई छ ।

सोही पृष्ठमा ‘तटीय क्षेत्रमा बाढीको त्रास’शीर्षकमा भवानी भट्टले लेखेको समाचार छापिएको छ । गत साताको वर्षाले महाकाली नगरपालिका–१० आम्भोजको बहेती टोल डुबानमा र्पयो । घरभित्र पानी पसेपछि स्थानीयले छतमा रात बिताए । डुबान घटेपछि मात्रै घर पस्न पाए । महाकाली नगरपालिकाकै टापु मानिन्छ, जोगबुढा पारिको कुतियाकभर ।
यहाँ पनि उस्तै समस्या छ ।महाकालीको बाढीले जोगबुढा नदीको निकास बन्द गर्दा यो बस्ती डुबानमा पर्छ ।

वर्षीनी डुबान र कटानले स्थानीय पिरोलिएका छन । बस्ती डुब्दा नजिकमा आश्रय लिन सुरक्षित ठाउँकै अभाव छ । आश्रय लिन भारतीय गाउँमा नगई सुख छैन । जोगबुढा नदीमा यसै वर्ष झोलुंगे पुल निर्माण भए पनि पुलको दुवैतर्फ डुबान हुने भएकाले वर्षातमा आउजाउ गर्न कठिन छ । महाकालीमा बाढी आउँदा कुतियाकभरवासीलाई जोगबुढाको पानी बस्तीमा पस्ने डरले सधैं तर्साइरहन्छ ।

कान्तिपुरको पृष्ठ १७ मा ‘लोप हुँदै परम्परागत बाली’ शीर्षकमा समाचार छापिएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने लिखु गाउँपालिकाका केही युवाहरूले ‘लिखु एग्रिकल्चर’ कम्पनी दर्ता गरी राजधानीमा गाउँघरका अर्गा्निक खाद्यान्न बिक्री गर्ने योजना बनाएर काम थालेका छन् । उनीहरूले सिस्नोको पिठो, कोदो, फापरको पिठो, मकैजस्ता अन्न कृषकहरूबाट खरिद गरिरहेका छन ।

‘हामीले परम्परागत अन्न बाली खोजिरहेका छौँ । तर, अहिले पाउनै गाह्रो छ ।’ कम्पनीका अध्यक्ष लोचन बस्नेतले भने, ‘अहिले मान्छेहरूले खेती गर्नै छाडिसके । तर, यता सहरबजारमा त्यही अन्नको माग धेरै छ ।’ चाहेजस्तो माग पूर्ति गर्न नसकेपछि उनीहरूले जग्गा भाडामा लिएर खेती सुरु गरेका छन् । कतिपय कृषकहरूलाई प्रोत्साहनस्वरूप खेती लगाउन हौस्याइरहेका छन् ।

यो त एउटा उदाहरण मात्र हो । गाउँघरमा परम्परागत खेती बाली उत्पादन हुन छोडेको छ । आत्मनिर्भरताभन्दा परनिर्भरता बढदै गएको छ । धेरै किसिमका अन्न बाली कृषकहरूले लगाउनै छाडिसकेका छन् । तिते फापर, कागुनी, जुनेलो, फिलुंगे, तिल, जौ, गहतजस्ता बालीहरू अहिले गाउँमै पाइन छोडेका छन् ।

नागरिक
सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै’शीर्षकमा भुवन शर्माले लेखेको समाचार नागरिकले पृष्ठ तीनमा छापेको छ ।
भूमिको उपयोग र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक भूमि नीति ल्याउने भएको छ । । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि नीतिको मस्यौदासमेत तयार गरेको छ।

सुकुमवासीलाई व्यवस्थित जग्गा वितरण गर्न, खेतीयोग्य जमिनलाई खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र जथाभाबी गरिने कित्ताकाटलाई रोक्न भूमि नीति ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । त्यससम्बन्धी मस्यौदालाई केही दिनमै मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । सो मस्यौदामाथि अहिले मन्त्रालयमा गम्भीर छलफल भइरहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका उपसचिव गोपाल गिरीले सरकारले पहिलोपटक भूमि नीति ल्याउने तयारी गरेको बताए । उनले भने, ‘नेपालमा अहिलेसम्म भूमिसम्बन्धी नीति थिएन । अहिले ल्याउने तयारी भएको छ ।’ त्यसको प्रारम्भिक मस्यौदा तयार भएको उनले बताए।

मस्यौदामा सुकुमवासीलाई उपलब्ध गराइने जग्गा सम्बन्धित धनी (जग्गा प्राप्त गर्ने सुकुमवासी) ले कहिल्यै पनि बिक्री गर्न नपाउने व्यवस्था राखिएको छ । नीति लागू भएपछि पुस्तौंपुस्तासम्म जग्गा हस्तान्तरण भए पनि बिक्री गर्ने अधिकार उनीहरूले पाउँदैनन् । भूमि नीतिको मस्यौदामा वास्तविक सुकमवासीलाई मानवीय र मर्या्दित जीवनयापन हुने गरी सरकारले घडेरी उपलब्ध गराउने बताइएको छ । त्यसरी उपलब्ध गराइने जग्गाको स्वामित्व प्रमाणपत्र श्रीमान् र श्रीमती रहेको परिवारमा दुवैको नाममा हुनेछ ।

नयाँ पत्रिका
जलमग्न भएपछि चाबहिल बौद्ध दुई घण्टा बन्द’शीर्षकमा सोही पृष्ठमा समाचार छापिएको छ । वर्षाका कारणले सडकमा पानी जमेपछि चाबहिल–बौद्ध सडक खण्ड दुई घण्टा बन्द भएको छ । बुधबार दिउँसो परेको अविरल वर्षाका कारणले सडक जलमग्न भएपछि सवारीसाधन डुबानमा पर्दा आवतजावत नै बन्द भएको हो ।
‘निर्माण नसकिँदै दुई ठाउँमा भासियो’शीर्षकमा पृष्ठ पाँचमा सविता श्रेष्ठले लेखेको समाचार छापिएको छ ।
निर्माण पूरा नहुँदै नारायणगढ–मुग्लिन सडकखण्ड दुई ठाउँमा भासिएको छ । सडकखण्डको गाईघाट क्षेत्रमा मंगलबार बेलुकीदेखि सडक भासिएको हो ।

नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ एक फिट बाटो भासिएको नारायणगढ –मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।उनका अनुसार दुई लेनको सडकको बीच भागबाट एक लेन भासिएको छ । ‘करिब पाँच मिटर चौडाइमा २० मिटर लम्बाइ सडक भासिएको छ,’ उनले भने, ‘सडक दबिएको क्षेत्रमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ ।’ सडक बीचबाट भासिएर नदीतर्फ ढल्किनुको कारणबारे अध्ययन भइरहेको उनले बताए । सडक भासिएपछि विज्ञ टोलीले बुधबार सडकको स्थलगत अवलोकन गरेका छन् ।

‘बाटो के भएको हो, त्यो अध्ययन हुँदैछ,’ उनले भने, ‘परार्मशदाता कम्पनीमा रहेका त्यही विषय हेर्ने विज्ञ अध्ययनमा सहभागी छन् ।’ विज्ञबाट तथ्य जानकारी पाएपछि मात्र बाटो भासिनुको कारण बताउन सकिने सूचना अधिकारी इन्जिनियर खनालको भनाइ छ । विज्ञको अध्ययनबाट सडकलाई साविक ठाउँमा कसरी उठाउने भन्ने विषयमा जानकारी पाइने उनले बताए।

यसअघि पनि जुगेडीनजिक भतेरीमा सडक भासिएको थियो । जुगेडीनजिक भतेरीको जंगलमा करिब ५० मिटर सडक भासिएको थियो ।

नागरिकको आर्थिक पृष्ठमा वर्षात्मा इन्धन खपत घट्यो शीर्षकमा समाचार छापिएको छ । ‘बेहाल मध्यपहाडी लोकमार्ग’ शीर्षकमा गिरिराज बाँस्कोटाले लेखेको समाचार आर्थिक पृष्ठमा छापिएको छ ।

सोमबार विहान पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत उत्तरी याङवरक गाँउपालिका–३ ओयामको एफएम चोकछेत्रे भिरबाट जिप खस्दा एकको घटनास्थलमै मृत्यु भयो । नौजना गम्भीर घाइते भए । सडकको बीचमा आधा गाडी डुब्ने हिलोबाट निकाल्न खोज्दा चिप्लिएर दुर्घटना भएको अनुमान छ ।

यहाँमात्र होइन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको विभिन्न विभिन्न ठाँउ जोखिमपूर्ण छ । सडक हिलाम्मे छ । जिल्लाका उत्तरी र ताप्लेजुङका विभिन्न गाँउका बासिन्दा निक्कै जोखिम मोलेर यात्रा गर्छन् । दैनिक दर्जनौं गाडी चल्ने लोकमार्गको हालत निक्कै भयावह छ ।पहाडै–पहाड पूर्व–पश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती बिन्दु मानिएको नेपाल–भारतको सिमाना चिवाभञ्याङदेखि दोरम्बा भन्ने ठाँउसम्म यात्रा गरेर आइपुग्दा निक्कै सास्ती र अवरोध खेप्नु पर्छ । कतै बाटो अवरुद्ध भेटिन्छ । कतै निक्कै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ ।

पहिरो, ढुंगा खस्ने, हिलाम्मे सडक तथा ग्रेड नमिलेको सडकले हैरान बनाउँछ । ठाँउठाँउमा पहिरो खसेको छ । बाटैमा वर्षाको पानी कुलो बनाएर बगेको देखिन्छ । निर्माण व्यवसायीले जथाभावी राखेका समाग्रीले यात्रा निक्कै असहज हुन्छ । चिवाभञ्याङदेखि च्याङ्थापुको सडकको अवस्था निक्कै दयनीय छ । जोखिम मोलेरमात्र यात्रा गर्न मिल्छ । राष्ट्रिय महत्वको आयोजना भए पनि बाटो निकै बिग्रिएको स्थानीय मंगल वेघा बताउँछन् ।

नयाँ पत्रिका
‘५० करोडका खानेपानी आयोजन २५ करोड अनियमितता’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापिएको छ ।
दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ ।

संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो ।अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो ।
खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुरु भएको प्रतिवेदन तयार पारेको छ । कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।

‘संस्थानले एकै प्रकृतिको कामलाई दुई टुक्रा पारेको छ, दुई ठेकेदार कम्पनीसँगको मिलेमतोमा इस्टिमेट तयार पारी सोही रेटमा टेन्डर आह्वान गरेको र ठेकेदार कम्पनीले पूरा गर्नुपर्ने मापदण्ड पनि दुई कम्पनीसँग मिल्ने गरी मात्र बनाएको पाइयो ।

छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘त्यसरी मिलेमतोमा ठेक्का पाएको कम्पनीले ५० करोड लागतमा किन्नुपर्ने पाइपको भन्सार पास गरेको प्रज्ञानपत्र हेर्दा जम्मा २५ करोडमा खरिद भएको देखिन्छ ।’
‘रुकुम पश्चिमका ५५ ठाउँ विपद्को जाखिममा’ शीर्षकमा मनीष खड्काले लेखेको समाचार छापिएको छ ।
जिल्ला विपद् व्यवस्थापन व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका जोखिमपूर्ण ठाउँ पहिचान गरेको छ । सरोकारवालासँगको छलफल तथा अघिल्ला वर्षमा आएका विपद्लाई मध्यनजर गर्दै समतिले जिल्लाका ६ वटै सथनीय तहमा विपद् पहिचान गरेको हो ।

गोरखापत्र
आजको गोरखापत्रको पहिलो पृष्ठमा ‘नयाँ ठाउँबाट सडक बनाउन सुझाव’ शीर्षकमा बसन्त पराजुलीले लेखेको समाचार छापिएको छ ।

मुुलुकको अर्थतन्त्र र जनजीवनको मूल मार्गनारायणगढ–मुग्लिन सडक पुनःनिर्माणको काम नसकिदै सडक भासिनुमा पुरिएको माटोमाथि सडक विस्तार र तलबाट त्रिशूली नदीको कटानलाई प्रमुख कारण आँैल्याइएको छ । भूगर्भविद् अच्यूत कोइराला नेतृत्वको टोलीले बुधबार सडकको स्थलगत निरीक्षण गर्दै सडक भासिएको ठाउँमा डाइभर्सन बनाएर नयाँ ठाउँबाट सडक बनाउनुपर्र्ने सुझाव दिएको छ ।

नारायणगढ–मुग्लिन सडकको १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएपछि भूगर्भ्विद् कोइरालाको नेतृत्व टोलीले स्थलगत अध्ययन गरेको हो । ‘विगतमा पनि यो ठाउँ (१७ किलो) सडक भासिने समस्या भइरहेको ठाउँ हो । पहिला चिनियाँले सडक निर्माण गर्दै गर्दा यहाँ पुरुवा माटोमाथि सडक निर्माण गरेका र अहिले त्यसैलाई निरन्तरता दिदै माथिबाट सडक बनाउँदा भासिने समस्या भया’, भूगर्भ्विद् कोइरालाले भन्नुभयो, ‘सडक भासिने क्रम अझै बढ्दै जाने छ ।’

नारायणगढबाट १७ किलो मिटर मुग्लिनतर्फ रहेको १७ किलोमा ३० मिटर लम्बाई र सात मिटर सडक भासिने गरी चिरिएको छ । यो मात्रा बढेर अझै ७० मिटर लम्बाई र आठ मिटर चौडाइसम्म पुग्ने कोइरालाको अनुमान छ ।
‘जति पुरिएको छ त्यो सबै खस्छ’, उहाँले थप्नुभयो, ‘पुरिएको ठाउँ छाडेर भित्ता काटेर डाइभर्सन गर्नुनै स्थायी समाधान हो ।’ माथि पुरुवा माटो र तल त्रिशूली नदीको कटान नै यो क्षेत्रको समस्या भएको उहाँको तर्क छ ।

१७ किलोमा सडक भासिने समस्या पुरानै रोग भएको जनाउँदै उहाँले त्यसको समाधान नखोजी अहिले सडक विस्तार गरिनुपनि कमजोरी भएको औँल्याउनुभयो । २०६० साल तिरै यो क्षेत्रमा सडक भासिएर सडकको चट्टान भित्रैवाट रड छिराएर गरिने प्रविधि ‘रक एङ्करिङ’ गरिएको थियो । यसले केही वर्ष सम्म त सडक भासिनबाट रोकियो । तर फेरी अहिले यहि समस्या दोहोरिएको विज्ञहरु बताउनुहुन्छ ।

पृष्ठ तीनमा ‘चीनलाई गैँडा हस्तातरण गरिँदै’ राससको समाचार छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका एकजोडी गैँडा बिहीबार जनवादी गणतन्त्र चीनलाई हस्तान्तरण गर्दै हुनुहुन्छ ।
‘वर्षासँगै अधिकांश ग्रामीण सडक अवरुद्ध शीर्षकमा पृष्ठ १३ मा चित्र मिजारले लेखेको समाचार छापिएको छ । वर्षा बढेसँगै सिन्धुपाल्चोकका ग्रामीण सडक बन्द भएका छन् । अविरल वर्षाका कारण पहिरोले ग्रामीण सडक अवरुद्ध हुन थालेका छन् ।

समाचारपत्र
‘वर्षाले रोक्यो दुई गाउँमा यातायात सम्पर्क’शीर्षकमा पष्ृठ ६ मा समाचार छापिएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका कैलाश र राक्सिराङ गाउँपालिका पुग्ने यातायात सेवा अवरुद्ध भएको छ ।
राजधानी

‘राजधानीमै सडक सास्ती’शीर्षकमा पहिलो पृष्ठमा मधुजंग पाण्डेले लेखेको समाचार छापिएको छ ।
डाक्टर अनिल देवकोटा काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङबाट पुरानो गुहेश्वरी, दगुर्नेपानी बाइपास–बालाजु हुँदै बसुन्धारा चौकीस्थित बीपी मेमोरियल अस्पताल दैनिक चारपटक आवतजावत गर्छन् । उनी आवतजावत गर्ने सवारीसाधन मोटरसाइकल हो । डा. देवकोटासँगै उनकी पत्नी पनि हरेक दिन बिहानै स्कुटर लिएर काठमाडौंको नरदेवीस्थित आयुर्वे्दिक अस्पताल पुग्छिन् ।

घरबाट निस्कने अन्य सडकको विकल्प नहुँदा सडकमा हुने हिलो र सवारीसाधन चिप्लिने समस्याले यो जोडी बर्षा नहोस् भन्ने प्रार्थना नै गर्छन् । ‘पानी परेपछि यस क्षेत्रमा न पैदल हिँड्न सकिन्छ, न सवारीसाधन नै चलाउन सकिन्छ,’ बीपी अस्पताल धाउने डा. देवकोटा गुनासो गर्छन् । बर्षा भएको बेला हिलोको सामना गर्नुपर्ने यो सडकमा अन्य बेला धुलोले सास्ती दिन्छ । उनले मुख्य सडकको नालीसमेत व्यवस्थापन नगरिदिएकाले जनजागृति चोकभित्रको बाटोसमेत हिलाम्मे भएको बताए ।

हाल ५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुँदै गरेको गुह्येश्वरी, बोहोराटार–लोलाङ, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौं–त्रिशूली जोड्ने पासाङल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भइरहेको ढिलाइले अहिले यस क्षेत्रका सर्वसाधारणलाई यात्रा गर्न सास्ती छ ।
‘नौगाड गाउँपालिका पहिरोको चपेटामा’ शीर्षकमा समाचार छापिएको छ । त्यस्तै ललितपुरमा फाहोर थुप्रियो,खुल्ला शौच गर्न पाउनुपर्ने भन्दै प्रहरीसँग झडप शीर्षकमा आजको राजधानीले समाचार छापेको छ ।

अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टको पृष्ठ ९ मा दिवाकर भण्डारीले ‘राष्ट्रिय निकुञ्जलाई बजेट अभाव’ शीर्षकमा लेखेको समाचार छापिएको छ ।

Facebook Comments