बागमती किनाराका दृष्टिविहीन दम्पत्तिलाई बर्खाको सकस (भिडियो रिपोर्ट)

सोमवार, असार ३२, २०७५


काठमाडौं– काठमाडौंको थापाथलीस्थित बागमती किनारा सुकुम्बासी बस्तीमा दृष्टिविहीन मुखिया दम्पत्ति बसेको वर्षौ भइसक्यो । सल्टु मुखिया र उनकी श्रीमती परमेश्वरीदेवी मुखिया यो बस्तीमा जसोतसो आफ्नो जीविकोपार्जन गरिरहेका छन्।

अरू बेलामा त ठीकै छ जसोतसो जीवन चलिरहेको नै छ। तर, बर्खायाम लागेसँगै उनीहरूलाई खाने, बस्ने र अन्य कुराले पिरोल्न थाल्छ। बागमतीको किनारामै प्लास्टिकले छाएको एउटा छाप्रोमा बस्ने उनीहरूलाई बागमतीमा बढ्ने पानीको बहाव र घरभित्र छिर्ने आकासे पानीले बर्सेनी पिरोल्ने गर्छ। उनको झुपडीभित्र बर्खामा झरी परेको दिन ओभानो देख्न पाइँदैन।
परमेश्वरी बर्खा लागेसँगै राम्रोसँग खाना पकाउन, खान र बस्न बस्न पनि नपाइने बताउँछिन्। दैनिक मागेर गुजारा चलाउने गरेकोमा बर्खाले आम्दानीको बाटो पनि बन्द गरेको उनी बताउँछिन् ।

यसरी दैनिक रुपमा मागेर आफ्नो जीविकोपार्जन गर्ने उनीहरू कसैले काम सिकाइ दिएमा त्यसैबाट आफ्नो जीविकोपार्जन गर्नसक्ने बताउँछन् ।

Facebook Comments