ढोकैमा फोहोर, रेष्टुरेन्ट अगाडि त डंगुर नै (फाेटाे फिचरसहित)

काठमाडौं–यतिबेला काठमाडौंको बल्खुदेखि कालीमाटी चोकका विभिन्न चोकमा फोहोरको डंगुर देखिन्छ । हप्तौंदेखि थुप्रिएको फोहोरका कारण वरपरको वातावरण दुर्गन्धित बनेको छ ।

फोहोरको दुर्गन्धका कारण पैदल यात्रुलाई नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ। बर्खाको समयमा काठमाडौं महानगरपालिकाले नियमित रुपमा फोहोर उठाउन नसक्दा कतिपयको घर अगाडि नै फोहोरकोे थुप्रो देखिन्छ।

तर, सडकको किनारमा रहेका साना होटल तथा रेस्टुरेन्टमा खाना, खाजा पाकिरहेको हुन्छ । ग्राहक रेस्टुरेन्टमा खाइरहेको देखिन्छन् तर, नजिकै फोहोरको थुप्रो देखिन्छ।

कहिले पानी पर्ने र तत्काल घाम लाग्ने गरेकाले फोहोरको दुर्गन्ध झन फैलिरहेको छ। फोहोर नउठेको महानगर मात्र कहाँ दोषी छ। र, हामी आफैं पनि अरुको आँखा छलेर घरभित्रको फोहोर सडकमा फ्याँक्छौं र आफ्नो ढोका थुनेर बस्छौं। बाहिर निस्कँदा मास्क लगाउँछौं।

फोहोरका कारण विशेषगरी बालबालिका र वद्धवृद्धाको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ। हाकाहाकीकर्मीले बल्खु चोकदेखि केही मिटर अगाडि पैदल यात्रा गर्दै लिइएका तस्वीरले हामी कसरी बाँचिरहेका छौं भनेर देखाउँछ ।
 

Facebook Comments