जिम्मेवारीविहीन रहेका भू-संरक्षण अधिकृतहरू प्रदेशमा खटिए (सूचीसहित)

    काठमाडौं– १ साउनमा भू–संरक्षण विभाग र भू-संरक्षण कार्यालय खारेज हुँदा जिम्मेवारीविहीन बनेका ३४ जना भू-संरक्षण अधिकृत (उपसचिव) लाई कामकाजमा खटाइएको छ।

    वन तथा वातावरण मन्त्रालयले बिहीबार ती उपसचिवलाई प्रदेशस्तरीय निकायसँगै केन्द्रीय मन्त्रालय र विभागमा खटाइएको हो ।

    मन्त्रालयका अनुसार कर्मचारी समायोजन ऐन २०७४ र संघीय सरकारको मन्त्रिपरिषदको २५ साउनको निर्णयअनुसार उनीहरुलाई प्रदेशमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमातहत रहने गरी कामकाजका लागि खटाइएको हो।

    Facebook Comments