पहिरोले सडक एकतर्फी

चितवन–नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । आज बिहान ११ः ५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भई रहेको छ । रासस

Facebook Comments