‘वातावरण विभाग स्वतन्त्र र स्वायत्त हुनुपर्छ’ (भिडियो कुराकानी)

काठमाडौँ – वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले वातावरण विभाग वन तथा वातावरण मन्त्रालयको मातहतमा नभइ स्वतन्त्र र स्वायत्त हुनुपर्ने बताएका छन्।

पछिल्लो समय देशैभर वातावरणसँग सम्बन्धित विभिन्न विषयमा चर्चा परिचर्चा हुँदै गर्दा वातावरण विभागले के के गरिरहेको छ ?  विभागका काम, भावी योजना लगायतका विषयमा कुराकानी गर्न विभाग पुगेको हाकाहाकीटिमसँग
उनले विभागलाई स्वतन्त्र र  मन्त्रालयलाई समेत निर्देशन दिनसक्ने प्राधिकरणमा रुपान्तरण गर्नुपर्ने जिकिर गरे

  उनले अहिलेकै म्यान्डेट र कानुनी संरचनामा मन्त्रालय अन्तर्गत रहेर कुनै पनि काम गर्न नसकिएको गुनासो गरे ।वातावरणका विषयहरु पेचिलो बन्दै जाँदा विभागले भने आफ्नो प्रभावकारी उपस्थिती देखाउन नसकेको सर्वत्र गुनासो छ ।
यिनै विषयमा हाकाहाकीकर्मी शालिक भट्ट र अमिष रेग्मीले कुराकानी गरेका छन्।
महानिर्देशक अधिकारीसँग गरिएको भिडियो कुराकानी : 

 

Facebook Comments