कलंकी–नागढुंगा सडकमा सकसः उस्तै धुलो, उस्तै जाम (फोटो/भिडियाे)

 भिडियाे/फाेटाे ःशालिक भट्ट/अमिष रेग्मी

काठमाडौं उपत्यकामा अस्थायी रुपमा बसोबास गरिरहेकाहरू दसैं मनाउन घर जान थालिसकेका छन्। ट्राफिक प्रहरी महाशाखाका अनुसार हाल औसतमा ४०–५० हजार यात्रु स्थलमार्ग हुँदै उपत्यकाबाट बाहिरिने गरेका छन्।

काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी–नागढुंगा सडक हो। तर, अचेल यो सडकमा जामको समस्या मात्र छैन, धुलो पनि उस्तै छ ।

बल्खु–कलंकी–नागढुंगा सडक निर्माण थालिएको लामा समय बित्दा समेत गति लिन नसक्दा यात्रुले मात्र होइन, सडक वरपरका स्थानीयले सास्ती भोग्नु परेको छ ।

कलंकी–नागढुंगा सडकखण्ड निर्माणको जिम्मा शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन तथा शर्मा र कान्छाराम जेभीले पाएका छन् ।

सो खण्डमा सडक निर्माण कार्य ढिलो हुँदा स्थानीय धुवाँ र धुलोबाट पीडित बनेका छन् भने सो रुट हुँदै बाहिरिने सवारीका यात्रुहरूले समेत समस्या भोग्दै आएका छन्।

धूलोका कारण श्वासप्रश्वास लगायतका समस्या हुनुका साथै व्यापार व्यवसाय चौपट भएको छ ।
Facebook Comments