खडेरीले अन्नबालीको उब्जनीमा असर

काठमाडौं–रवी आलेले पूर्वी नेपालको दुई हेक्टर जमिनमा निकै समय खेतीको काम गरे। उनले मुख्यतः उनको बुबालाई खेतीमा सघाउने काम गरिरहेको छन्। तर, यसपटक अन्न उत्पादन राम्रो हुने छाँटकाँट छैन। त्यसैले उनको खल्ती रित्तिदै गएको छ।

उनी कामका लागि अर्काे महिना भारत जाने तयारीमा छन्। आलेसँग अन्य पाँच जना साथीहरू पनि मजदुरीका लागि भारत जान तयारीमा छन्। कारण हो–यस वर्ष लामो समयसम्म पूर्वी नेपालमा खडेरी प-यो अथवा पानी राम्रोसँग परेन।
‘मनसुनमा खासै पानी नपरेका कारण धान र मकै राम्रोसँग फल्न पाएन,’ आलेकी श्रीमती सुनिताले भनिन्, ‘यसपटक राम्रोसँग पानी पर्छ भन्ने अपेक्षा हाम्रो थियो तर त्यसो भएन ।’ उनी नजिकैको बजारमा लुगा सिउने काम गर्छिन तर, यसपटक अन्त उत्पादन कम भएकाले उनको कमाइले मात्र घर चलाउन कठिन भएको छ।

जलवायु परिवर्तनको प्रभावका कारण विश्वभरका कृषकहरुले निकै समस्याहरु भोगिरहेका छन् र पूर्वी नेपालका कृषक पनि यसबाट अछुतो रहेनन्। लामो समय सुख्खा भएका कारण यसले चियाखेतीलाई बढी असर गरिरहेको छ।

त्यसैगरी तरकारी र फलफूल खेती पनि प्रभावित भएको कृषकहरूको गुनासो छ। ‘केही वर्ष अगाडिसम्म पानीको संकट र खडेरी हाम्रो लागि नौलो थियो तर अहिले यो सामान्य भइसकेको छ,’ आलेले भनिन्।

कृषि विज्ञहरु र स्थानीय अधिकारी यो समस्या पहिले केही सामान्य देखिए पनि अहिले निकै गम्भीर बन्दै गएकोमा आफूहरु चिन्तित भएको बताउँछन्।

‘पहिला जिल्लामा खडेरी एकदमै कम थियो तर अहिले निकै बढेको देखियो जुन एउटा आश्चर्यजनक तत्थ्य हो,’ कृषि तथा वन विश्वविद्यालय चितवनका प्राध्यापक अनन्त प्रकाश सुवेदीले भने। उनका अनुसार खडेरी त एउटा समस्या मात्र हो, अस्वभाविक तापक्रम वृद्धिले विभिन्न रोगको संक्रमण बढाइरहेको छ जसले बालीलाई असर गरिरहेको छ ।

सरकारले खडेरी परेका स्थानका कृषकलाई गत अगष्टदेखि विभिन्न खालका बीऊ अनुदानमा उपलब्ध गराइरहेको छ अनि अन्य खाद्यान्न पनि उपलब्ध गराइरहेको छ। तर, सरकारी सहयोग पर्याप्त नहुने र त्यसले आफ्नो क्षतिको केही प्रतिशत मात्र धान्ने कृषकहरु बताउँछन्।

पाँचथरका कृषि विकास अधिकृत नरहरी निरौला स्थानीयले पहिले नै बचतमा रहेको अन्न प्रयोग गरिरहेको र त्यो सकिएपछि खाद्यान्नको संकट हुनसक्ने वताउँछन्। जलवायु परिवर्तनको असरबाट वच्नको लागि कृषकले अपनाउनुपर्ने नयाँ उपायको बारेमा कृषकलाई जानकारी दिन आवश्यक छ। तर यस वारेमा उनीहरुलाई खासै जानकारी छैन।

नेपालमा यो वर्ष औसतमा २ दिन अगाडि मनसुन भित्रिएपनि पश्चिमी क्षेत्रमा ‘राम्रो’ पनि परेपनि पूर्वी क्षेत्रका केही स्थानमा कम पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेल बताउँछन्। ‘मनसुन अगाडि पनि पश्चिमी बायुका कारण पश्चिमी क्षेत्रमा पानी परेको थियो, यो वर्षको मनसुन पनि उतै केन्द्रित रह्यो,’ मौसमविद् कँडेलले भनिन्, ‘जसकारण पूर्वी क्षेत्रका केही स्थानमा कम पानी परेको हो। यद्यपी, औसतमा यो वर्ष राम्रो पनि परेको छ।

(समाचार संस्था रोयर्टसको समाचारको आधारमा हाकाहाकी समाचार कक्षले तयार पारेको रिपोर्ट )

Facebook Comments