गंगा नदी जोगाउन अनशनरत जिडी अग्रवालको निधन

काठमाडौं– गंगा नदी जोगाउन माग गर्दै जुनदेखि आमरण अनशनमा बसेका भारतका वातावरणविद् जिडी अग्रवालको बिहीबार निधन भएकाे छ।

कानपुरमा रहेको इन्डियन इन्टिच्युट अफ टेक्नेलोजीमा काम रहेका अग्रवाललाई मंगलबार स्वास्थ्य कमजोर भएपछि पानी दिइएको थियो। उनको बिहीबार १ बजे मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गंगालाई बचाउ भन्ने नाराका साथ उनी अनशनरत थिए।

‘उहाँ मसँगै हुनुहुन्थ्यो । कमजोर हुनुहुन्थ्यो तर अवस्था ठिकै थियो । अकस्मात उहाँले हामीलार्इ छोडेर जानु भएको छ,’ उनको स्याहरमा रहेका प्रेमले भनेका छन्। केही वर्षयता गंगा नदीमा प्रदूषण बढेको भन्दै उनले तत्काल कम चाल्न माग गरेका थिए । उनी ८६ वर्षका थिए र उनको ह्दयघातका कारण निधन भएको जनाइएको छ ।

Facebook Comments