वन्यजन्तु हिँड्ने बाटो खोइ ?

वातावरण र विकास अन्तर्राष्ट्रिय  रूपमा नै ठूलो बहसको विषय बनेको छ। विकाससँग प्रत्यक्ष रूपमा अर्थतन्त्रको जोडिएको हुन्छ। अनि पर्यावरण पनि सँगसँगै।

लेखक सुजाता कार्की।

विकास नभइ हुँदैन तर, दीर्घकालीन एवं दीगो विकास आवश्यक पर्छ। विकाससँगै वातावरण पनि जोगाउनु पर्ने दायित्व रहन्छ।

वातावरण र विकाससँगसँगै लैजानु बाहेक अन्य विकल्प हामीसँग छैन। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस र अन्य थुपै वातावरण सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री शतिmबहादुर बस्नेतले वातावरण संरक्षण गरेर मात्र पूर्वाधार निर्माण गनुपर्ने बताउँदै आएका छन् ।
वातावरणले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सबैलाई प्रभाव पारिरहेको हुन्छ। त्यसैले पनि यस क्षेत्रमा सबैको रुची हुन आवश्यक छ।

पृथ्वीमा सर्वश्रष्ठ प्राणी भनेर मानिसलाई भनिन्छ। तर, आज हामी मानिस वातावरण विनासमा निकै अग्रसर भएको पाइन्छ। वातावरण अभियाकर्ताले मात्र वातावरण संरक्षण आवाज उठाएको देखिन्छ।

के वातावरण अभियानकर्तालाई मात्र वातवरणमैत्री विकास चाहिने हो र ? पक्कै पनि होइन। वातावरणमैत्री विकास त हामी सबैले चाहेको विकास हो। रूख काटेर होइन बोटबिरूवा रोपर पनि विकास हुन्छ भनेर बुझ्न सकेका छैनौं।
मावन र प्रकृतिबीच निकट सम्बन्ध हुन्छ। तर, हामी वन, वातावरण एवं वन्यजन्तुलाई ख्याल गर्दैनौं । कल्पना गरौं त वन, वन्यजन्तु बिनाको मानव जीवन रहन्छ होला ? रहेपनि कस्तो रहला ?

विज्ञहरूका अनुसार वन्यजन्तु बस्ने ठाउँमा बस्ती बस्दा मानव र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको छ। कतिपय ठाउँमा त वनजंगल नै नासिँदा वन्यजन्तु आहारा खोज्न गाउँ पसेको खबर पनि बेलाबेलामा सार्वजनिक हुन्छ।

वन्यजन्तु बस्ने अनि उनीहरू हिँडडुल गर्ने ठाउँमा हामी भौतिक संरचना निर्माण गर्ने गर्छाैं। फलस्वरूप अहिले धेरै वन्यजन्तु बाहिर निस्केर मानिसलाई आक्रमण,अन्नबालीमा नोक्सानी र गाईवस्तु मारिदिने क्रम बढ्दो छ।
तर, हाम्रो ध्यान वातावरणमैत्री विकासतर्फ गएको छैन ? विकास र वातावरण कसरी सँगैसँगै अघि बढ्छ भनेर बहस एवं पैरवि पनि गर्न जरुरी छ । तर, वर्तमान परिवेशमा वातावरणभन्दा पनि भौतिक विकासमा जोड दिइएको पाइन्छ ।

निजगढ विमानस्थल र वातावरण
बारामा प्रस्तावित निजगढ विमानस्थलका विषयमा अहिले राष्ट्रिय रुपमा नै बहस भइरहेको छ। कतिपय वातावरण विद्हरुले साढे २४ लाख रुख काटेर विमानस्थल बनाउँदा पर्वावरणमा गम्भीर क्षति पुग्ने भन्दै विकल्प खोज्न भनिरहेका बेला सरकार ‘निजगढ विमानस्थलालाई हब’ को रूपमा लिइरहेको छ।

धेरै रूख काट्नु पर्ने र वन एवं वन्यजन्तुलाई प्रत्यक्ष असर पर्ने भन्दै वातावरणविद्हरूले चासो र चिन्ता व्यक्त गरिरहेका छन्।

तर, अर्कोतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो एवं साँघुरो भएकाले विकल्पको रुपमा निजगढलाई अगाडि सारिएको छ। देशको चौतर्फी विकासको लागि विमानस्थल अति आवश्यक छ । नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धन गर्न तथा देशको आर्थिक समृद्धिका लागि निजगढ विमानस्थल बनाउनु पर्ने माग त्यतिकै बलियो रूपमा अगाडि आएको छ।
तर्क जताबाट पनि गर्न सकिन्छ तर, नेपाल एउटा अति कम विकसित देश भएको हुँदा विकास र वातावरणको मुद्दालाई एक रथका दुई पांग्राको रूपमा सँगसँगै लैजानु पर्ने हुन्छ। यो आजको माग र आवश्यकता हो। तसर्थ कमभन्दा कम वन क्षेत्र प्रयोग गरी विमानस्थल बनाउन सक्यो भने उपर्युक्त हुन्छ।

काठमाडौंको विकास र वातावरणको अवस्था
विकाससँगै वन र वातावरणको अपार महत्व छ। अझ यसको महत्व शहरी क्षेत्रमा झन् बढी नै हुन्छ। वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको कार्यपत्रको आगामी कार्यदिशामा शहरी वन व्यवस्थापनमा थप जोड दिने उल्लेख छ। शहरी वनको व्यवस्था नेपालको बढ्दो शहरीकरणको सन्दर्भमा धेरैभन्दा धेरै हुन आवश्यक छ।

काठमाडौंमा झन शहरी वनको निकै खाचो छ। दश ठाउँमा बाटो खनिन्छ अनि समयमा बनाइदैन त्यस्तो भौतिक विकासलाई के गर्ने ? चक्रपथ (रिङरोड) को वरिपरी पनि रूख रोपिएको छैन । १० ठाउँमा रूख काट्ने, बाटो खन्ने तर, बिरूवा रोप्न नसकिने भन्नै हुँदैन । इच्छ्याशक्तिको अभाव मात्र हो ।

संतुगलदेखि बानेश्वरको मेरो यात्रा एकदमै दुःखदायी हुन्छ। ठाउँठाउँमा खाल्टा, पानी परेको समयमा चिप्लो, अव्यस्थित बाटोको कारण मानिस बाटोमै लड्ेको देखेकी छु ।

कतिपय ठाउँमा बोटबिरूवा रोपे पनि ‘रोप्नकै लागि रोप्छौं’। तर, यसलाई हुर्काउन र पानी हाल्न खासै ध्यान गएको पाइदैन। फेरि जे विषयमा पनि सरकारको मुख ताक्ने नागरिकको बानी छ।

वातावरण पनि विकासको नै पक्ष हो भन्ने कुरा धेरैले बुझेका छैनन्। काठमाडौंको नै कुरा गर्ने हो भने धेरैभन्दा धेरै कृषियोग्य जमिन प्लटिङ गरी आधुनिक विकास गरेको पाइन्छ।

थोरै जग्गामा घर बनाएर धेरै कृषि वनमा फस्टाउन सकिन्छ। तर, नेपालमा यस्तो प्रयास छैन। काठमाडौंमा धुवाँ र धुलोको समस्या पनि उस्तै छ। मान्छे प्राकृतिक सौन्दयमा हराउन चाहान्छ। जसकारण फूलेचोकी, शिवपुरी र चन्द्रागिरी जस्तो ठाउँमा हाइकिङको रूपमा जाने प्रचलन पनि बढ्दो छ। हरियाली रमाउने मन धेरैमा हुन्छ।

काठमाडौंमा हामीले धेरै भौतिक संरचना त निर्माण गरेका छौं। तर, हरियालीमा जोड दिन सक्दैनौं। विदाको समयमा सदूपयोग नै प्रकृतिकसँग रमाएर बिताउन मन धेरैमा हुन्छ। अब घर घरमा गमलामा रूफटप गार्डेन बनाउन, फलफूल लगाउन, रूख रोपेर धुलो धुवाँलाई कम गर्दै हरियाली काठमाडौं बनाउने हामी सबैको साथको खाचो छ।

वन्यजन्तु हिँडने मार्ग खोइ ?
नेपाल वन्यजन्तुका लागि धनी छ। तर, वन्यजन्तु हिँड्ने मार्ग अतिक्रमणमा पर्दै आएको छ। त्यसैले विकास निर्माण वन्यजन्तुलाई पनि ख्याल गर्नुपर्छ, उनीहरु ओहोरदोहोर गर्न अण्डरपास र ओभरपास बनाउनुपर्छ। विकसित देशमा यसको अभ्यास पहिलेदेखि नै भइसकेको छ।

वातावरण र विकास सम्बन्धि एक छलफलमा सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले विगतमा आफूहले वन्यजन्तुको ओहोरदोहोरबारे हेक्का नराखेकोमा वन्यजन्तुमैत्री सडक बन्न नसकेको स्वीकार गरेका थिए।
विकास र वातावरणको विषयमा विभिन्न क्षेत्र र मन्त्रालयबीच पनि धेरैभन्दा धेरै अन्तक्र्रिया हुन आवश्यक छ। जसले विकास र वातावरण सँगसँगै अघि बढ्न सम्भावना बढ्छ। वातावरण र विकास सम्बन्धि सरकारी निकायबीच छलफल र अन्तक्र्रिया शून्य छ।

तर, हामीले बनाएको बाटोमा मान्छे मात्र दुर्घटनामा परेका हुँदैनन् वन्यजन्तु पनि सडकमै मरेका हुन्छन्, गाडीको ठक्करबाट। हामीले विकास भन्दै वन्यजन्तुको बाटोमा सडक त बनायौं तर, वन्यजन्तु कहाँबाट हिँड्छन् भनेर हेक्का नै राखेनौं ।

जसकारण पूर्वपश्चिम राजमार्गको कतिपय खण्डमा गाडीको ठक्करबाट वन्यजन्तु घाइते भएको कतिपयको त ज्यान नै गएको खबर सार्वजनिक हुने गरेको छ। अन्य सडकको अवस्था पनि उस्तै छ।

गाडीको ठक्करबाट रातिको समयमा वन्यजन्तु मर्ने गरेको सरकारी आँकडाले देखाउँछ। बाँके राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७४÷७५ सडक दुर्घटनामा ७२ वन्यजन्तु मेरेका थिए। त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा सोही आर्थिक वर्ष २८ वन्यजन्तु सडक दुर्घटनामा मरेका छन्।
आर्थिक वर्ष २०७३/०७४ मा निकुञ्ज तथा संरक्षित क्षेत्रमा भएका सडक दुर्घटनाबाट मात्रै एक सय ३३ वटा वन्यजन्तु मरेको सरकारी तथ्यांक छ।

बाघ संरक्षण भन्दै हामी करौडौं पैसा खर्च गर्छाैं तर, बाघ पनि सडक दुर्घटनाको शिकारमा भएको पाइन्छ।
यतिबाट पनि हामी सजिलै अनुमान गर्ने सक्छौ कतिधैरै वन्यजन्तु सडक दूर्घटनाको शिकार भएका छन्।

वन र वातावरण मानव अस्तिवको लागि अति आवश्यक छन्। हाम्रो जीवनलाई सरल र सहज बनाउन विकास निर्माण पनि उत्तिकै आवश्यक छ। नेपाल सधैं गरीब हुने होइन दीगो विकासको मार्गबाट समृद्धितर्फ अघि बढ्नुपर्छ।

Facebook Comments