धान काट्ने चटारो (फोटो फिचर)

ललितपुर : गोदावरी नगरपालिका १० का किसानलाई अहिले धान  काट्न भ्याइनभ्याई छ।
धान काट्ने बेलामा जनशक्ति नहुँदा तराईका जिल्लाबाट कामदार मगाएर धान काटेर भित्र्याउने गरिन्छ।  किसानहरुका अनुसार कामदार सहजै पाइँदैन, पालो कुरेर कामदार लगाउनुपर्छ।
काठमाडौं उपत्यकामा मलिलो र उर्वर माटो भएकाले खेतीपातीका लागि योग्य मानिन्छ । तर, पछिल्लो समय यो उर्वर भूमिमा घर लगायतका अन्य संरचना बनेकाले खेतीयोग्य जमिन मासिँदै गएको छ । भौतिक संरचना नबनेका खाली जग्गा भक्तपुर, ललितपुर, कागेश्वरी मनोहरा, चागुनारायण लगायतका ठाउँहरूमा भने किसानले धान रोप्ने प्रचलन अझै छ ।

Facebook Comments