फूलैफूलकाे मेला (फोटो फिचर)

काठमाडौँ– फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा ललितपुरको जावलाखेलस्थति मैदानमा ‘१२ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ बिहीबार शुरु भएको छ।

प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यमा शुरु भएको उक्त प्रदर्शनीमा ४४ व्यावसायिक, ३ सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल एक गरी ४८ वटा स्टल छन्।

साथै, मेलामा विभिन्न प्रजातीका मौसमी फूल, आलंकारिक बोटबिरुवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फूलको गानो, बीऊविजन तथा सयपत्री, मखमली लगायतका फूल प्रदर्शनीमा राखिएको छ।

पुष्प तथा पुष्पजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, पुष्प खेती तथा व्यवसायमा निजी क्षेत्रको संलग्नता बढाउँदै उत्पादनलाई प्रतिस्पर्धी बनाइ आन्तरिक बजार व्यवस्थापन तथा निर्यात प्रबद्र्धन गर्ने र स्थानीय अनुवांशिक पुष्प श्रोतको संरक्षण र सम्बद्र्धन गर्ने उक्त प्रदर्शनीको उद्देश्य रहेको आयोजकको भनाइ छ ।

Facebook Comments