१७औँ विश्व ताल सम्मेलनको सन्देश

दीगो पारिस्थितिकीय सेवाका लागि ताल र मानवबीचको सुमधुर सहअस्तित्व कायम राख्ने नाराका साथ १७औँ विश्व ताल सम्मेलन १५–१९ अक्टोबर २०१८ मा इवाराकी प्रिफेक्चरको चुकुवा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भयो।

यस सम्मेलनमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल लगायत सहभागिता जनाए। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रमको बुँदा नम्बर ७१ मा ‘संघ र स्थानीय तहको सहकार्यमा प्रदेशमा रहेका महत्वपूर्ण ताल, पोखरी र कुण्डको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी ताल संरक्षण तथा विकास प्राधिकारण गठन गरिनेछ’ उल्लेख छ भन्ने कार्यक्रम समावेश भएकोले मन्त्रीज्यूको सहभागीतालाई सान्दर्भिकता बनायो। साथमा म र फाउण्डेसनका संस्थापक अध्यक्ष शैलेन्द्रकुमार पोखरेल सहभागी थियौं।

शुरुमा जापानी विद्यालयका विद्यार्थी खासगरी प्राथमिक, निम्न तथा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको ताल सम्बन्धि विभिन्न विषयको सम्मेलनमा सहभागी भयौं। विद्यार्थीको ताल सम्बन्धि चेतना अभिवृद्धि गर्ने, जलीय वातावरण तथा यस क्षेत्रमा नयाँ नेतृत्वको हस्तान्तरण गर्न युवा नेतृत्व विकास गर्दै आफ्ना गाउँघर टोल छिमेकमा विद्यमान ताल वा जलीय वातावरणलाई माया गर्दै यीनका समीप रहनु उनीहरुले गौरवाको विषय वनाउनुका साथै उत्साहित गराउनु यस कार्यक्रमको प्रमुख लक्ष्य रहेछ।

सहभागी विद्यार्थीबीच ताल सम्बन्धि विभिन्न समस्याबारे छलफल तथा अन्तत्र्रिmया भएको थियो। यस कार्यक्रमलाई इवाराकी प्रान्ताका आवासीय तथा वातावरण मामिलाका विभागका महानिर्देशक अकिरा साइतोले उद्धघाटन गरे।

सोही दौरानमा ताल सम्बन्धि विश्व विज्ञहरुसँग विभिन्न देशका अनुभव साटसाट तथा छलफल भयो। यस छलफलमा चीन, भारत, जापान, इन्डोनेसिया, मलेसिया, केन्या, कम्वोडिय लगायतका देशको ताल संरक्षण सम्बन्धि अनुभव आदानप्रदान भएको थियो।

अक्टोवर १५ मा जापानी राजकुमार असिशिनोले विश्व ताल सम्मेलनको उद्घाटन गरे। राजकुमार असिशिनोले ‘प्रत्येक व्यक्ति ताल संरक्षणमा सहभागी भइ सकारात्मक चासोका साथ कार्यान्वयनमा उत्रिनु महत्वपूर्ण पक्ष हो’ बताए।

अक्टोवर १६ देखि १९ सम्म एकै पटक ९ वटा शीर्षकका २३९ कार्यपत्र प्रस्तुत गर्ने योजना बनेको थियो।

१. जैविक विविधता तथा जैविक विविधताका स्रोत: यस शीर्षकमा ताल, सीमसार, नदी तथा तटीय क्षेत्रमा विद्यमान जैविक विविधताद्वारा उपलब्ध सेवाको मूल्यांकन, संरक्षणका सवाल लगायत विषयलाई प्राथमिकता राखेर लगभग ४२ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो। यस विषयमा आधारित ४६ वटा पोस्टर प्रर्दशनीमा राखिएको थियो।

२. ताजा पानीको स्रोतको दीगो सदुपयोग : नदी प्रवाहको अनुगमन, जलाधार क्षेत्रमा पानीको सन्तुलन, पानीको मात्रा तथा गुणस्तर, जल प्रदूषण खासगरी रासायनिक, गेग्रान वा थ्रिगनद्वारा सृजित प्रदूषणले दीगो जल सदूपयोगमा पार्ने प्रभाव लगायतको अनुगमन तथा व्यवस्थापनको विषयलाई प्राथमिकता राखेर १२ वटा कार्यपत्र तयार गरिएको थियो। यस विषयमा आधारित ७ वटा पोस्टर प्रर्दशनीमा राखिएको थियो।

३. ताल वातावरणमा पारिस्थितिक प्रणाली र पानीको गुणस्तर : यस शीर्षकको सत्रमा पानीको शुद्धता, प्राथमिक उत्पादनको क्षमता, प्रांगारिक पदार्थको कुहिने प्रक्रिया, थिग्रिने क्रममा अक्सिजन उपयोग, तालमा तह वा पत्र निर्माण, लगायत गतिशील पानीको वातावरण सम्बन्धि १२ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। यस विषयमा आधारित ४९ वटा पोस्टर प्रर्दशनीमा राखिएको थियो।

४. तालको इतिहास र संस्कृति : यस शीर्षकको सत्रमा तालसँग सम्बन्धित इतिहास, संस्कृति, जीवनशैली, पर्यटन, तथा मनोरञ्जन सम्बन्धि विभिन्न पक्षको १२ वटा कार्यपत्रलाई समावेश गरिएको थियो। यस विषयमा आधारित ५ वटा पोस्टर प्रर्दशन गरिएको थियो।

५. क्षेत्रीय गतिविधि र पदार्थ चक्र: यस शीर्षकको सत्रमा ताल तथा वेसिनमा मानव गतिविधिद्वारा सृजित प्रभाव खासगरी तालको नाइटोजन तथा फोस्फोरस चक्र लगायत तालमा विद्यमान रसायन चक्रमा पार्ने प्रभाव वारे भएका २७ वटा कार्यपत्रलाई प्राथमिकता दिएको थियो। यस विषयमा आधारित विभिन्न देशका १२ वटा पोस्टर प्रर्दशनीमा राखिएको थियो।

६. विज्ञानमा आधारित अनुगमन: यस शीर्षकको सत्रमा ताल तथा नदी वा खोलको पानीको शुद्धता, पारिस्थितिक प्रणाली अनुगमन प्रविधि, नवीन ज्ञानमा आधारित प्रविधिको छलफल, विकासित प्रविधिलाई सम्वृद्ध पार्दे पानी विश्लेषण कार्यलाई व्यवहारमा परिणत गर्ने वारेमा केन्द्रित २८ वटा कार्यपत्रलाई समावेश गरिएको थियो। यस विषयमा आधारित १६ वटा पोस्टर प्रर्दशनीमा राखिएको थियो।

७. पारिस्थितिकीय प्रणाली सेवाको दीगो उपयोगको प्रविधि तथा तत्काल लिइने न्यूनीकरणका प्रतिउपाय: यस शीर्षकको सत्रमा भविस्यमा पारिस्थितिक प्रणालीलाई उपयोग गर्ने संरचनागत तथा बिना संरचनागत विषयको बारेमा खासगरी फोहोरमैला विर्सजनको नियमन, घरेलु दूषित पानी नियन्त्रण, पशु तथा कृषिजन्य दूषित पानी विर्सजन नियन्त्रण, सतहमा बगेको पानीको गुणस्तर नियन्त्रण लगायतका दूषित पानी प्रशोधन प्रविधि, पानी शुद्धीकरण, ताल पुनस्र्थापन प्रविधि तथा आर्थिक गतिविधि लगायतका विषयलाई प्राथमिकता राखेका २८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। यस विषयमा आधारित २७ वटा पोस्टर प्रर्दशनीमा राखिएको थियो।

८. नागरिक गतिविधि र वातावरणीय शिक्षा : यस शीर्षकको सत्रमा नागरिक क्रियाकलाप खासगरी ताल सम्बन्धि वातावरणीय शिक्षा, तालको गुणस्तर वृद्धि गर्न क्षेत्रीयस्तरमा आधारित समन्वय तथा भाविपुस्ताका लागि सुनिश्चितता लगायत विषयमा २८ वटा कार्यपत्र तयार गरिएको थियो। यस विषयमा आधारित १७ वटा पोस्टर प्रर्दशनीमा राखिएको थियो।

९. एकीकृत तालवेसी व्यवस्थापन : यस शीर्षकको सत्रमा एकीकृत तालवेसी व्यवस्थापन विधिद्वारा प्राप्त सफलता खासगरी दीगो तालवेसी व्यवस्थापनमा भएका सुधार, समृद्धिले प्राप्त गरेका उपलब्धिले दीगो तालवेसी व्यवस्थापनमा उपलब्ध पारिस्थितिक प्रणलीको सेवा लगायतका विषयमा २६ वटा कार्यपत्र केन्द्रित थियो। यसैगरी ८ वटा पोस्टर यसै विषयसँत सम्बन्धित प्रर्दशनीमा राखिएको थियो।

विश्व ताल, जापानी ताल तथा स्थानीय कासीमीगाउरा ताल गरी तीन तहका प्रस्तूति तयार गरिएको थियो। प्राविधिक तथा नीतिगत कार्यपत्र प्रस्तुत भएका थिए।

यस सम्मेलनमा लगभग २३९ वटा प्राविधिक कार्यपत्र तथा १७७ पोस्टर प्रस्तुत गरिएको थियोर प्रत्येक सत्रकोबीचमा आमन्त्रित प्रस्तोताको व्यवस्था गरिएको थियो। यस अन्तर्गत ९ वटा प्राविधिक सत्रमा १८ वटा आमन्त्रित कार्यपत्र प्रस्तुत गरिएको थियो। प्रत्येक प्राविधिक सत्र सुरु यस बाहेक विभिन्न देशका क्षेत्रीय तथा विषयगत सत्रहरुमा छलफल भएको थियो।
उदाहरणका लागि दक्षिण एसियाली सत्रमा भारतका ५ वटा, नेपाल, भुटान, बंगलादेश, पाकिस्तान तथा जापानका गरी कुल १० वटा कार्यपत्र प्रस्तुत भए। नेपालकोतर्फबाट शैलेन्द्रकुमार पोखरेल कार्यपत्र प्रस्तुत गरे। समग्रमा यो सम्मेलन ताल तथा सीमसार सम्बन्धी अध्ययन गर्न प्रमुख थलो बनेको थियो।

यस कार्यक्रमको आयोजक इवाराकी प्रिफेक्चार सरकार तथा अन्तर्राष्ट्रिय ताल वातावरण समिति फाउण्डेसन रहेको थियो, भने सहआयोजक पर्यटन, यातायात, पूर्वाधार तथा भूमि मन्त्रालय, वातावरण मन्त्रालय, कृिष, वन तथा मत्स्य मन्त्रालय, चुचीउरा नगर, चुकुवा नगर, कासीमीगुउरा नगर, होकोता नगर, इवाराकी नगर, मिटो नगर, कासीमीगुउरा ताल सुधार परिषद, हिनुमा ताल एसोसियसन तथा रामसारमा सूचीकृत क्षेत्र थिए।

अक्टोवर १९ मा समापन समारोहमा आयोजक देशकोतर्फबाट इवाराकी प्रिफिक्चारका राज्यपालका कार्यकारी प्रमुख काजुहिको ओइजावाले स्वागत गरे। यसैगरी यही प्रिफेक्चरका आवासिया तथा वातावरणीय मामिला विभागका महानिर्देशक आकीरा साइतोले इवाराकी दगो पारिस्थितिकीय सेवा प्रणालीका लागि ताल र मानवबीचको सुमधुर सह–अस्तित्व कायम राख्ने नाराका साथ इवाराकी कासीमीगुउरा घोषणा २०१८ मा जारी भयो।

अन्त्यमा अन्तराष्ट्रिय ताल वातावरण समिति फाउण्डेसनका अध्यक्ष कुजीहितो ताकामोटोले १८औँ विश्व ताल सम्मेलन सन् २०२० मा मेक्सिमा गर्ने घोषणासहित १७औँ सम्मेलन सम्पन्नको घोषणा गरियो।

विश्वका ६ वटै महादेशका प्रतिनिधि सहमत भएको यस घोषणाले सन् २०१५ मा संयुक्त राष्ट्र« संघले तय गरेको दीगो विकासको लक्ष प्राप्तिको मार्गमा ताल संरक्षण गर्दै पारिस्थितिक प्रणालीको सेवाबाट प्राप्त लाभको वितरण स्वच्छ तथा समानताको आधारमा वितरण गर्ने र पारिस्थितिक प्रणाली सेवालाई दीगो उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै लगभग ५ सय जना सहभागिताको बीचमा भव्य कार्यक्रम साथ सम्पन्न भयो।

यस कार्यक्रममा प्रस्तुत विषयवस्तु तथा विज्ञहरुको प्रत्यक्ष भेटघाटको अवसरमा भएका अन्तक्र्रियाबाट उत्साहित हुँदै मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारको ताल संरक्षण तथा विकास प्राधिकरण स्थापना गर्ने नीति तथा कार्यक्रमलाई अझ फराकिलो दायरमा लैजाने निधो गरी सीमसार संरक्षण तथा विकास प्राधिकरण बनाउने योजना सुनाए। यही नै १७औँ विश्व ताल सम्मेलनको प्रमुख उपलब्धीको रुपमा लिन सकिन्छ।

(संरक्षणविद् गुरूङ ‘संरक्षण विकास फाउण्डेसन काठमाडौंका अध्यक्ष हुन्)

Facebook Comments