फाेटाेमा हेर्नुहाेस् चक्रपथकाे नयाँ स्वरूप

काठमाडाैं–चक्रपथ सुधार अायाेजना अन्तर्गत पहिलाे चरणमा विस्तार भइरहेकाे कोटेश्वर–कलंकी सडक खण्डकमा दोस्रो तहको कालोपत्र अर्थात् ब्ल्याक टपको काम भइरहेकाे छ।

योजनामाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार दुई तहको कालोपत्रेसँगै सडक चिन्हकाे काम समेत भइरहेकाे छ। आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने गरी निर्माण कार्य अघि बढेको उनले बताए।

८ लेनमा विस्तार भएकाे सडकमा दाेस्राे तहकाे कालाेपत्रेसँगै  सफा अनि चिल्लो  देखिन थालेकाे छ।

चिनियाँ निर्माण कम्पनी साङ्घाई निर्माण सेवा समूहले यो सडकखण्ड निर्माणको ठेक्का लिएको छ। सडक निर्माणमा समन्वयको काम काठमाडौँ चक्रपथ सडक योजनाले गरिरहेको छ।

Facebook Comments