आगनमै तिहार, बारीमा ढकमक्क फूल (फोटो फिचर)

काठमाडौं– अाज यमपञ्चकको दोस्रो दिन अर्थात कुकर तिहार। पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन सोमबार काग तिहार मनाइयाे। पाँचौं दिनमा भाइटीका मनाइन्छ।
तिहारलार्इ बत्ती र फूलैफूलको चाड पनि भनिन्छ। भाइटीका मखमली, सयपत्री, गोदावरी लगायत फूलका मालाको अत्यधिक प्रयोग हुन्छ। यो पर्वमा दिदीबिहनीले दाजुभाइलाई सप्तरंगी टीकासहित फूलको माला लगाइदिने परम्परा रहेको छ ।

त्यसैले अहिले फूलबारी फूलले ढकमक्क छन्, जताहे¥यौं फूलकै सुवास। पछिल्लो समय फूलको व्यावसायीक खेती पनि फस्टाएको छ। इचंगुुनारायणमामा पनि फूलको व्यावसायीक खेती गरिएको छ, जहाँ मखमली, सयपत्री, गोदावरी लगायत फूल ढकमक्क फूलेको देख्न सकिन्छ ।

तिहारमा फूलको माग बढी हुने भएकाले कतिपय किसानले जग्गा भाडामा लिएर पनि फूल खेती गरेका छन् । आधा रोपनी जग्गामा मखमली फूलको दुई हजार वटा माला तयार हुने गरेको किसानहरू बताउछन् ।

मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ, त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।
तस्वीरहरु : अमिष रेग्मी
   

Facebook Comments