रानीपोखरीको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न निर्देशन

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गरी विज्ञ सम्मिलित समितिको सुझावका आधारमा पुनर्निर्माण गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिहरुको उपस्थितमा मंगलबार भएको बैठकले मन्दिरको शैलीमा पुनर्विचार गर्न निर्देशन दिएको हो।

‘रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्बन्धमा काठमाडौं महानगरपालिकाद्वारा गत मिति २०७४-०९-१३ मा गठन गरेको विशेषज्ञ समिति तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट मिति २०७५-०७-१८ मा गठन गरिएको विज्ञ समितिबाट प्राप्त प्रतिवेदनहरुले उक्त मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न सुझाव दिएको हुँदा उल्लेखित प्रतिवेदनहरुलाई समेत आधार मानी पहिलेको गुम्बज शैलीमा पुनर्विचार गरी आवश्यक कार्य अघि बढाउन पुरातत्व विभागलाई निर्देशन दिनू,’ बैठकको निर्णयमा उल्लेख  छ।

बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो ।

बैठकले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर र पोखरीको पुनर्निर्माण कार्यमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं, महानगरपालिका एवं सम्बन्धित विज्ञहरुको समेत प्रतिनिधित्व रहने गरी रानीपोखरी पुनर्निर्माण समन्वय तथा अनुगमन समिति गठन गर्ने र यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवं काठमाडौं महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।

पुरातत्व विभागका पूर्व महानर्दिशक विष्णुराज कार्की, सम्पदाविद् डा। सुदर्शनराज तिवारी, स्ट्रक्चरल ईन्जिनियर एवं प्राध्यापक डा। प्रेमनाथ मास्के, सहरी योजनाविद् एवं पूर्व महानिर्देशक सूर्यभक्त साँगाछे रहनु भएको विज्ञहरुको टोलीले सोमबार मात्रै ग्रन्थकुट शैलीमा मन्दिर निर्माणका लागि आधार सहितको प्रतिवेदन दिएको थियो।

विज्ञहरुले ग्रन्थकुट शैलीबाट गुम्बज शैलीमा निर्माण गर्दा ग्रन्थकुट शैलीकै मन्दिरको भूईतलाको मन्दिरको नाप नक्सामा निर्माण गरिएको, ग्रन्थकुट शैलीमा निर्माण भएको काठ बन्धन तथा शिलाको संगार लगायतका भागहरु दुई पटक पुनर्निर्माण ९गुम्बज शैलीमा० गर्दा पनि प्रयोग भएको, दुई पटक पुनः ९गुम्बज शैलीमा० निर्माण गर्दा पनि गर्भगृहको गाह्रोको पर्खालको नाप नक्सा मल्लकालीन मन्दिरको नाप नक्सा अनुसार नै निर्माण भएको प्रतिवेदन दिएका थिए।

यस्तै तत्कालीन वास्तुशास्त्र सम्मत भएको र बाह्य नाप ४ह चौडाई पर्खालको चौडाई १३ु०ू हुनु र पर्खालको मोटाइ ३ फिटर३ इन्च हुनुलाई पनि ग्रन्थकुट शैलीको आधार मानिएको छ । उल्लेखित प्रमाण र गर्भगृहको नाप नक्साको आधारमा यस ग्रन्थकुट मन्दिरको उचाई गर्भ गृहको सतहबाट गजुरको अमालकसम्मको ३९ फिट हो र गजुरको उचाई १३ इन्च समेत गरी कुल उचाई ५२ फिट हुने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा मन्दिरको जिर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कंक्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामाग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने र जगको किसिम तथा अवस्था एकीन गर्न गर्भगृहको उत्तर दक्षिण वा पूर्व पश्चीम क्रस उत्खनन् गर्ने पनि उल्लेख छ ।

यसअघि गठन भएको विज्ञहरुको समितिले पनि बालगोपालेश्वरको मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सुझाव दिएको थियो। त्यसमा पुरातत्व विभागको असहमति रहेकाले विवाद बल्झिएको थियो । विवादलाई अन्त्य गर्नका लागि प्राधिकरणले विज्ञ विष्णुराज कार्की नै संयोजक रहनु भएको अर्को टोली बनाएको थियो ।

रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पुनर्निर्माण सम्बन्धमा काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित डिजाइन तथा यस सम्बन्धमा हाइड्रोलोजिष्ट तथा जियोलोजिष्टहरुको टिमले दिएको सुझावअनुसार रानीपोखरीको पिँधमा कालो माटो र बालुवा जस्ता निर्माण सामग्रीहरुको प्रयोग गरी निर्माण कार्य अघि बढाउने, पोखरीको वरिपरीको सबैभन्दा तल्लो खण्डमा कालोमाटोको प्रयोग गर्ने र सबैभन्दा बाहिरी भागमा ईँट्टाको क्ललेडिङ गर्ने र पोखरीको वरिपरिको फुटपाथमा सुर्खीको सट्टामा ढुंगाको धुलो प्रयोग गरिने भएको छ।

सम्बन्धित समाचार
बालगोपालेश्वरको पुनर्निर्माण ‘ग्रन्थकुट’ कि ‘गुजम्ब’ शैलीमा

जेष्ठ १५ बाट पनि सुरू नहुने भो रानीपोखरी पुनर्निर्माण

Facebook Comments