नेपाल संवत् ११३९ सुरु:आजै म्हःपूजा

ललितपुर–आजदेखि नेपाल संवत् फेरिएको छ । आजदेखि ११३८ सकिएर ११३९ सुरु भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन नेपाल अर्थात् कान्तिपुरमा ऋण मोचन तथा आर्थिक व्ययभार हटाउन अतुलनीय योगदान दिई नेपाल संवत् सुरुवात गराएको मान्यता नेपाली समाजमा रहिआएको छ ।

आजै नेवार समुदायमा आफ्नो शरीरको पनि पूजा गर्दै म्हःपूजा गरिन्छ । परिवारका सदस्य सबै एक ठाउँमा भेला भएर म्हःपूजा गर्ने परम्परा छ ।

अरूको जसरी पूजा गरिन्छ, त्यसरी नै आफ्नो शरीरको पनि रक्षाका लागि म्हःपूजा गर्ने प्रचलन छ ।

Facebook Comments