पत्रपत्रिकामा आज : दिनहुँ देखिन्छ बाघ,ललितपुरका बन्द खानी मिलोमतोमा सञ्चालन

शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएको छ ।

कान्तिपुर
–आजको कान्तिपुरमा दिनहुँ देखिन्छ बाघ शिर्षकमा कमल पन्थीको समाचार छापिएको छ ।
दशैँतिहारको बिदामा यो पटक बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय चहलपहल बढ्यो । बाह्य अनुहार त देखिन्थ्यो नै । आन्तरिक पर्यटक पनि थपिए । र, हिउँद लाग्नासाथ बढ्ने क्रम जारी छ । कारण हो, निकुञ्ज क्षेत्रमा दिनहुँ बाघ देखिनु ।
निकुञ्जभित्र बबई, बघौरा फाँट, कर्णाली तटीय क्षेत्र, तीनकुने क्षेत्रमा पाटे बाघ देखेर पर्यटक खुबै लोभिने गरेका छन् ।

बर्दिया निकुञ्जमा ८७ वटा बाघ रहेकाे पछिल्लाे गणनामा देखिएकाे छ । निकुञ्ज अवलाेकन गरी वनभाेज खाने प्रचलन पनि छ । ठाकुरबाबा नगरपालिकास्थित हात्तीसारमा विद्यार्थी र शिक्षकले निकुञ्ज अवलाेकन गरी सार्वजनिक बिदाकाे उपयाेग गर्ने समाचारमा उल्लेख छ।

त्यस्तै फाेहाेर फाल्ने ठाउँ बन्दै इनार, पाेखरी शिर्षकमा अर्काे समाचार छापिएकाे छ । खाेकनाकी सम्झना महर्जनकाे घर इनारसँग् जाेडिएकाे छ । उनी सानै छँदासम्म इनारकाे पानीबाट भाँडाकुँडा माझ्ने, नुहाइधुहाइ गर्ने, लुगा धुनेकाे भीडभाड हुन्थ्याे । अहिले इनारमा थाेरै पानी छ, त्याे पनि दुर्गन्धित । स्थानीय तहमा जनप्रतिनिधि अाएकाे डेढ वर्ष बढी बितिसक्याे । अाफूलार्इ जिताएमा सफा हराभरा सम्पदा बस्ती बनाउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अहिले सफा गर्न पहल गरेनन् । पाेखरीमा पानीसमेत भर्न चासाे दिएका छैनन् ।

नेपाल समाचारपत्र
‘१ हजार १ सय पक्की पुल अलपत्र’शीर्षकमा समाचार छापिएको छ।

निर्माणकालागि ठेक्का दिएको १ हजार १ सय ६४ वटा पुलमा सरकारले न्युन बजेट बिनियोजन गर्दा बर्षौदेखि अलपत्र परेको छ । बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीको कारण १० बर्ष अघि सम्पन्न हुनुपर्ने पुल निर्माण हुन सकेको छ ।

‘बझाङगी जनताको आखाँमा नेताहरुको छारो, गौचौर बन्दै बझाङ विमानस्थल’शीर्षकमा समाचार छापिएको छ।
१२ औ बर्ष देखी बझाङ विमानस्थल गौचौर र खेलाडीहरुको खेलमैदान बन्दै गएको छ । नेताहरुले जनताको मन जित्न जति सुकै भाषण र कुरा गरे बझाङगी जनताको आखाँमा छारो हाले काम मात्र गरेको बरिष्ठ पत्रकार जगत खड्काले बताउनु भएको छ ।

डेढ दशकमा पनि बनेन झोलुंगे पुल र धेरै कोदो फलाउने कृषकलाई नगद पुरस्कार शीर्षकमा समाचार छापिएको छ।

गोरखापत्र
‘चुरे संरक्षण नगरे मधेस मरुभूमि बन्छ’शीर्षकमा समाचार छापिएको छ।

पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे तराई मधेसको लाइफ mाइन भएकोले यसलाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभएका छन् । जोखिम क्षेत्रमा तटबन्ध निर्माणको पहल शीर्षकमा पनि समाचार छापिएको छ।

राजधानी
‘सडक अलपत्र पारेको भन्दै एक घण्टा चक्काजाम’शीर्षकमा समाचार छापिएको छ।काठमाडौंको कलंकी–सोल्टीमोड सडकखण्ड भत्काएर ६ महिनासम्म पनि अलपत्र अवस्थामा छाडेपछि स्थानीयबासी विरोधमा उत्रिएका छन्।

अन्नपूर्ण पोस्ट
‘९९ घरसम्मका बस्ती स्थानीय तहलाई’शीर्षकमा समाचार छापिएको छ।राष्ट्रिय पुननिर्माण प्राविधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेको छ।

नागरिक
‘ललितपुरका बन्द खानी मिलोमतोमा सञ्चालन’शीर्षकमा शिवहरी घिमिरेले लेखेको समाचार छापिएको छ।
गएको आइतबार संघीय मामिला तथा सामान्य मन्त्रालयले ललितपुरको टीकाभैरव र लेलेमा सञ्चालित क्रसर र खानी उद्योगलाई पत्र काट्यो।

‘माथिल्लो अरुणलाई ठेकेदार छनोट गरिँदै’शीर्षकमा समाचार छापिएको छ।

नेपाल विद्युत् प्राधिकरणले संखुवासभास्थित माथिल्लो अरुण जलविद्युत आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र (४ जनवरी २०१९) आवेदन दिन सक्ने आयोजनाले जनाएको छ।

‘सिक्टा सिँचाइको अध्ययन गर्न अस्ट्रेलियन टोली आउँदै’शीर्षकमा समाचार छापिएको छ।
सिक्टा सिँचाइ आयोजनाको अध्ययन गर्न अस्ट्रेलियाको विज्ञ टोली नेपाल आउने भएको छ।
आयोजनाको पश्चिम खण्डको ४५ किलोमिटर लामो मूल नहरमध्ये करिब ५ किलोमिटर खण्डको माटो घुलनशील देखिएपछि आयोजना कार्यालयको आग्रहमा अस्ट्रेलियाको विज्ञ टोली आउन थालेको हो।

Facebook Comments