माटोमा इलम, अनि बन्छन् भाँडा (फोटो फिचर)

काठमाडौं–माटोका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएको कुमाल समुदायको पेशा पछिल्लो समय जोखिमा पर्दै गएको छ ।

माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि उनीहरूको पेशा नै जोखिममा परेको हो । माटाको भाँडा बनाउन लस्सादार माटो चाहिन्छ । अर्कोतर्फ परम्परादेखि नै माटोबाट बनाइएका विभिन्न भाँडा घरघरमा हिजोआज प्रयोग गरिन छाडेपछि पेशा नै संकटमा परेको हो ।

माटोलाई प्लग मेसिनमा राखेर पेलिन्छ । त्यसपछि माटोमा भएका ढुंगालाई हातैले मुछेर निकालिन्छ । यो क्रम घटौंसम्म चलेपछि उनीहरू इलेक्ट्रिक हिवलको प्रयोग गरेर माटोलाइ आकार दिइन्छ ।

भक्तपुरको पोटरी मार्ग माटोको भाँडाका लागि अन्तर्राष्ट्रिय रूपमै चर्चित थलो हो ।

कुनै समय भक्तपुरका ५० भन्दा बढी परिवारले यो पेशा अंगालेका थिए । तर, अहिले एक दर्जनमा सीमित भएको छ ।

पहिलेको जस्तो माग छैन अहिले । पहिला माटाको ग्राग्रो, घ्याम्पा लगायतका ठूला साइजका भाँडा किन्ने मान्छे आउँथे । अचेल आउँदैनन् । प्लास्टिकका भाँडाले त्यसलाई विस्थापित गरिसक्यो ।

Facebook Comments