फोहोरको दुर्गन्ध हटाउने प्रविधिको परीक्षण

ललितपुर–काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ।

रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको सोमबार टेकु ट्रान्सफर स्टेशनमा परीक्षण गरिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिहरूका अनुसार यो बिधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ। जुन विधि जैविक फोहोरमा प्रयोग गरिन्छ।

विभागका प्रमुख श्रेष्ठका अनुसार विधिको तथ्य विश्लेषण गरेर मात्र कार्यान्वयनमा जाने/नजाने निष्कर्ष निकालिने छ। परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको
उनले बताए।

सो अवसरमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निजी क्षेत्रले फोहोर संकलन र ढुवानीमा राम्रै काम गरे पनि सार्वजनिक ठाउँमा छुट्यााएर महानगरको छवि विगारेको आरोप लगाए।

Facebook Comments