जलवायु परिवर्तन विरुद्धको लडाईँमा ‘ट्रम्प प्रभाव’

काठमाडौं–सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनको गतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले एक शक्तिशाली अवरोधको भूमिका खेलेको एक अनुसन्धानकर्ताले दाबी गरेका छन्।

इन्टनरनेसनल र युरोपियन अफेसर्य इन्टिच्युटका सिनियले फेलो जोसेफ कर्टिनले यसलाई ‘ट्रम्प प्रभाव’ भनेका छन्। हालै प्रकाशित एक अनुसन्धानमुलक प्रतिवेदनमा उनले यही कारणले पेरिस सम्झौताले जगाएको केही आशा कार्यान्वयन नभएको दाबी गरेका छन्।

‘यो सम्झौताको मुटुमा एउटा एम्बीसन मेकानिजम् रहेको छ, जस अनुसार सबै मुलुकले उत्सर्जन घटाउनको लागि हरेक पाँच वर्षमा प्रगतिशील र महत्वकांक्षी प्रतिवद्धता व्यक्त गर्नुपर्दछ,’ उनले भनेका छन्। उनले ट्रम्प प्रभावलाई तीन बुँदामा संश्लेषण गरेका छन्।

–अमेरिका सो सम्झौताबाट बाहिरिएपछि संसार भरी नै फेरि जीवाश्म इन्धन उद्योगमा लगानीको आकर्षण बढ्दो छ।
–अमेरिका सो सम्झौताबाट बाहिरिएपछि अन्य देशले त्यही बाटो लिने नैतिक र राजनीतिक मनोबल प्राप्त गरेका छन्।
–अन्तर्राष्ट्रिय वार्तामा गुडबील ध्वस्त भएको छ।

उनले ट्रम्प प्रभावलाई महत्व नदिनु पनि गल्ती हुने बताएका छन् । त्यसैगरी पेरिस सम्झौता संकटमा छ भन्ने निष्कर्ष निकाल्नु पनि गल्ती हुने उनको भनाइ छ । जोसेफले यसको बारेमा झण्डै २० पेज लामो अध्ययन गरेका छन्।

स्रोतः आईआईइएमा प्रकाशित समाचारको एक अंश

Facebook Comments