खानेपानी संस्थानका महाप्रबन्धक जिम्मेवारीबाट मुक्त

काठमाडौं– खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट मुक्त गरेको छ।

मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रसादलाई बुधबार जिम्मेवारीबाट हटाएकी हुन् ।

तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयल स्रोतले जनाएको छ।

Facebook Comments