जलवायु परिवर्तनको लक्ष्य प्राप्त गर्न विश्व बैंकद्वारा दुई सय बिलियन अमेरिकी डलर सहयोग

काठमाडौं – विश्व बैंकले जलवायु परिवर्तन विरुद्ध लडिरहेका विभिन्न मुलुकलाई सन् २०२१ देखि सन् २०२५ सम्मको लागि दुई सय बिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

विशेषत विश्वका गरिब मुलुकहरूमा देखिएको जलवायु परिवर्तनको असर र त्यसले मान्छेको दैनिक जीवनयापनमा पारेको असरविरूद्ध लड्नको लागि सो रकम खर्च हुने सो बैंकले जनाएको छ। सो घोषणाले नयाँ अन्तर्राष्ट्रिय समुदायलाई पनि जलवायु परिवर्तन विरुद्ध कदम चाल्न उत्प्रेरित गर्ने विश्व बैंकको अपेक्षा छ ।

‘जलवायु परिवर्तन विश्वको गरिब र जोखिममा रहेको संख्याको लागि एउटा अस्तित्वको चुनौती नै हो । हामीले घोषणा गरेको नयाँ लक्ष्यले यो विषयलाई हामीले गति गम्भीर रूपमा लिएका छौ भन्ने देखाउँछ । त्यसैले जलवायु परिवर्तन विरुद्ध जुध्नको लागि हामीले अबको पाँच वर्षमा दुई सय बिलियन अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छौ,’ विश्व बैंक गु्रपका अध्यक्ष जीम योङ किमले भनेका छन् ।

‘हामीले आफूलाई नै बढी भन्दा बढी र छिटो भन्दा छिटो जलवायु परिवर्तनमा केही गर्न उत्प्रेरित गरिरहेका छौ र हामी अन्य अन्तर्राष्ट्रिय समुदायलाई पनि केही गर्न आग्रह गर्दछौ,’ उनले भनेका छन् ।

यसले मुलुकहरूलाई सुरक्षित र जलवायु परिवर्तनको असर सामना गर्ने स्थानमा पु¥याउन सहयोग गर्ने अपेक्षा गरेको उनले बताए। दुई सय बिलियनमध्ये एक सय बिलियन विश्व बैंकले सिधा लगानी गर्ने छ भने बाँकी एक सय बिलियन चाहिँ अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेसन र अन्य दातृ निकायहरूले खर्च गर्ने छन् । जलवायु परिवर्तनको असरका कारण उत्पन्न हुने विभिन्न प्राकृतिक प्रकोपका कारण वर्षनी लाखौं मानिसहरूले ज्यान गुमाईरहेको छन् ।

Facebook Comments