महानगरको फोहरले सिर्सिया खोलाको मुहान थुनिँदै

पर्सा–वीरगञ्ज महानगरपालिकाले गरेको अव्यवस्थित फोहर व्यवस्थापनको कारण सिर्सिया खोलाको मुहाननै थुनिने खतरा उत्पन्न भएको छ । नगरक्षेत्रबाट सङ्कलन गरिएका फोहरलाई खोलाको तीरमा व्यवस्थापन गर्दै आएका कारण वीरगञ्जको इनर्वास्थित शङ्कराचार्यद्वार नजिकै रहेको सिर्सिया खोलाको मुहान सागुरिँदै गएको छ ।

अव्यवस्थित फोहर व्यवस्थापनका कारण ८ मिटर चौडाइमा बग्ने खोलाको मुहान हाल तीन मिटर भन्दा कम भएको छ । चारलाख भन्दा बढी जनसङ्ख्या रहेको महानगरपालिकाबाट दैनिक १२० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । नगरक्षेत्रबाट सङ्कलन भएका फोहरलाई महानगरपालिकाका कर्मचारीले वीरगञ्जको इनर्वा, श्रीपुर, सिर्सिया, राधेमाई, नगवालगायतका स्थानमा अव्यवस्थित रुपमै व्यवस्थापन गर्दै आएका छन् ।

अव्यवस्थित फोहरका कारण नगरबासीले ठूलो समस्या खेप्नु परेको छ । जथाभावी फोहर थुपारिएका कारण नगरक्षेत्र दुर्गन्धित हुनुका साथै सिर्सिया खोला समेत प्रदूषित हँुदै गएको छ । अव्यवस्थित रुपमा भएको फोहर व्यवस्थापन र त्यसबाट उत्पन्न भएको समस्याबारे महानगरपालिकाका उपसचिव शिवप्रसाद लम्सालसँग बुभ्mदा उहाँले फोहर व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरे ।

उनले वीरगञ्जको नगवामा फोहर व्यवस्थापन केन्द्र निर्माणकार्य अन्तिमचरणमा पुगेकोे र सो परियोजना पूरा भएपछि एक डेढमहीनाभित्र हाल देखिएका समस्या समाधान हुने दाबी गरे ।
नगर क्षेत्रबाट उत्सर्जन भएको फोहरलाई व्यवस्थापन गर्न निजी क्षेत्रलाई पिपिपी मोडेलमा ठेक्का दिने प्रक्रिया पूरा भएको र आउँदो १५ दिनभित्र निजी क्षेत्रसँग सम्झौताको काम पूरा भई व्यवस्थित फोहर सङ्कलन तथा विसर्जन हुने उपसचिव लम्सालले जानकारी दिए।

सङकलन गरिएका फोहर सिर्सिया खोलामा विसर्जन गरी खोलालाई प्रदूषित बनाएको आरोप लगाउँदै अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा महानगरसहित नौ उद्योगमाथि मुद्दा नै दर्ता गराएका छन् ।

महानगर विरुद्ध आदालतमा मुद्दा दर्ता भएपछि पनि खोलाको तिरमै फोहर व्यवस्थापन गराइरहेकोे घटनाले प्राकृतिक स्रोतसाधन संरक्षणप्रति महानगरका कर्मचारी गम्भीर नभएको नगरवासीको भनाइ छ । रासस

Facebook Comments