सुन्दरीजलको प्रशोधन केन्द्रमा यसरी गरिन्छ पानी प्रशोधन (हेर्नुहोस् तस्वीरमा)

काठमाडौं– सिन्धुपाल्चोकस्थित मेलम्ची नदीबाट ल्याइको पानी प्रशोधन पश्चात उपत्यकाबासीलाई वितरण गरिने छ। उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

मेलम्चीको पानी सुरुङ्ग मार्फत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पाइपलाइनबाट जम्मा गरिन्छ। जम्मा भएको पानीलाइ पहिलो चरणमा बालुवा भएको टंयाकीमा पठाएर प्रशोधन गरिन्छ। पानी प्रशोधन गर्न मुख्य ३ किसिमको केमिकल ʹडोजिङ्ग सिस्टम’ बाट घुलाइन्छ। त्यहाँ बाट ल्याब टेस्टका लगी पठाइन्छ ।

जम्मा भएको पानीमा विभिन्न प्रक्रिया पुराएर दैनिक १३ वटा टेस्ट गरिन्छ। पानी अएपछि ५ वटा, सेडिमेन्टे भएपछि २ वटा र प्रशोधन गरेपछि ६ वटा टेस्ट गरिन्छ । यि टेस्टहरुले पानीको गुणस्तर निर्धारण गर्छ । प्रशोधन भएको पिउनयोग्य पानी किल्यर वाटर रिजर्भियोरमा जम्मा हुन्छ र अन्त्यमा आउटलेट हँुदै ट्रान्समिटर, फ्लोमिटरबाट उपत्यकामा वितरण गरिन्छ।

विधुत उत्पादन गाृह
प्रशोधन गरेर बाँकी रहेको लेदो जम्म गर्ने ठाँउ

प्रशोधन गरेर बाँकी रहेको पानीलाइ मिनी हाइड्रोमा पठाएर प्रशोधन केन्द्रलाइ पुग्ने २ सय किलोवाट विधुत उत्पादन समेत गरिन्छ।  

Facebook Comments