पर्यटन मन्त्रालयले हस्तान्तरण नगर्दा विद्युतीय बस रोकियो(भिडियो रिपोर्ट)

काठमाडौँ – गत ६ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै नै तामझामका साथ उद्घाटन गरेपनि विद्युतीय बस अहिलेसम्म सञ्चालनमा आएको छैन्।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको उक्त बिजुली बस साझा यातायातले सञ्चालन गर्ने बताइएको थियो ।
तर, पर्यटन मन्त्रालयले अहिलेसम्म आफूलाई बस हस्तान्तरण नगरेको हुनाले बस सञ्चालनमा ल्याउन नसकिएको साझा यातायातका निर्देशक भुषण तुलाधरले बताए।

यसै विषयमा हाकाहाकीकर्मी शालिक भट्टले भिडियो रिपोर्ट तयार पारेका छन्।

Facebook Comments