ठेकेदारको विवादले अलपत्र पर्यो कलंकी–बल्खु सडक (भिडियो रिपाेर्ट)

काठमाडौँ – चीन सरकारको सहयोगमा चिनिया ठेकेदार कम्पनीले निर्माण गरिरहेको कोटेश्वर–कलंकी सडक खण्ड अन्तर्गतको बल्खुदेखि कलंकीसम्मको १.४९ किलोमिटर सडक अलपत्र परेको छ।

कलंकी अण्डरपासको निर्माण लागत बढेसँगै चीनले कलंकी–कोटेश्वरको १० किलोमिटर मध्ये बल्खुदेखि कलंकीसम्मको १.४९ किलोमिटर सडक निर्माण नगर्ने बताएपछि उक्त सडक अलपत्रमा परेको हाे।

चीनले उक्त सडक खण्ड नबनाउने भएपछि नेपाल आफैँले निर्माण शुरु गरेको उक्त सडक अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन्।

चिनीया ठेकेदार र नेपाली ठेकेदारबीच सामान ओसार पसारको विषयमा कुरा नमिल्दा सडक अहिलेसम्म निर्माण गर्न नसकिएको चक्रपथ सुधार योजनाका सूचना अधिकारी ईञ्जिनियर निरञ्जन शर्मा अर्याल बताउँछन्।

‘कंलकी अण्डरपासको लागत बढ्यो, त्यो बढेसँगै चीनले दिएको अनुदान रकम अपुग हुने भयो त्यसकारण चीनले कोटेश्वरदेखि बल्खुसम्मको सडक मात्रै बनाउने भयो,’ उनले भने, ‘त्यसैले अहिले त्यसको निर्माण कार्य चलिरहेको छ अब असारसम्ममा निर्माण सक्ने हाम्रो लक्ष्य छ।’

यसै विषयमा हाकाहाकीकर्मी शालिक भट्टले तयार पारेको भिडियो रिपार्ट…

Facebook Comments