पत्रपत्रिकामा आज : सासै फेर्न सकस, जंगली कालिज शहरका भान्सामा, खल्तीमा राखेर गैंडाको खाग तस्करी

शनिबार, पुस ७, २०७५

काठमाडौं– आजका दैनिक पत्रपत्रिकामा विकास निर्माण, वन्यजन्तूको अंग तस्करी, प्रदूषण तथा अन्य वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
–आजको नागरिक दैनिकले काठमाडौं उपत्यकामा बढ्दै गएको वायु प्रदूषणको विषयलाई समेटेर ‘सासै फेर्न सकस’ शीर्षकमा समाचार लेखेको छ ।
दिलीप पौडेलले लेखेको समाचारमा सवारीसाधनले फालेको धुँवा, सडकको धुलो र अन्य प्रदुषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको उल्लेख छ । तर, वातावरण प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको पैसा प्रयोगमा आउन सकेको छैन ।
सरकारले पेट्रोलियम पदार्थ प्रयोग गरेवापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदुषण शुल्क लिने गरेको छ । यसरी उठाएको रकम पाँच अर्बभन्दा बढी पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदूषणका कारण लाग्ने रोगबाट प्रत्येक वर्ष १० हजारको मृत्यु हुने गरेको तथ्यांक छ ।

राजधानी
–आजको राजधानी दैनिकले खल्तीमा राखेर गैंडाको खाग तस्करी शीर्षकको समाचारलाई प्राथमिकताकासाथ पहिलो पृष्ठमै प्रकाशित गरेको छ । खबरमा भनिएको छ , महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु गैंडाको खाग बेचबिखनको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरीको टोलीले शंस्कास्पद व्यक्तिसँग चेकजाँच गर्दा मीनलाल रानाको पाइन्टको गोजीमा खाग फेला परेको महाशाखाले जनाएको छ । एक समूह नै खाग बोकेर बेचबिखनमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले खाग बेचबिखनमा संलग्न रहेको आरोपमा तनहुँ घर भएका रानाका साथै गोरखा सुलिकोट गाउँपालिकाका किरण अमगाई, ताप्लेका सुदीप दियाल, सुलिकोटका चित्रबहादुर बराम, ताप्लेका पमबहादुर परियार र ताप्लेकै सरोज विकलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी धीरज सिंहले केही मानिसले गैंडाको खाग बोकेर बेचबिखन गर्ने भनी हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा विशेष प्रहरीको टोली खटाएको र उनीहरूले खाग बेचबिचनमा संलग्नलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । वन्यजन्तु बेचबिखनमा संलग्नलाई १० लाखसम्म जरिमाना र १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कसुर गर्नेलाई ५ लाखदेखि १० लाखसम्म जरिमाना तथा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

अबैध उत्खनन र निकासी रोक्न निर्देशन शीर्षकमा वुटबलबाट राजधानीमा समाचार प्रकाशित छ । प्रदेश नम्बर ५ को अर्थ , उद्योग तथा पर्यटन समितीले नदीजन्य पदार्थको अवैध उत्खनन रनिकासी रोक्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

नदीजन्य पदार्थको अव्यवस्थित दोहन र अवैध निकासीले नदी गहिरिँदै गएको र यसले प्राकृतिक जोखीम बढाउने भन्दै त्यसलाई व्यवस्थित गर्न निर्देशन दिइएको हो ।

यस्तै बालबालिकालाई दुर्घटना हुनवाट जोगाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लाईट स्टिकर वितरण गरेको समाचार त्यहाँबाट पार्वती पाण्डेले लेखेकी छिन् । कपिलवस्तुको राजमार्ग क्षेत्रका विद्यार्थीहरुले प्रयोग गर्ने साईकलमा स्टिकर टासीएको हो ।

कान्तिपुर

आजको कान्तिपुर दैनिकमा बुढीगण्डकीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताको निष्कर्ष गुपचुप शीर्षकको समाचार प्रकाशित छ ।

बुढीगण्डकी निर्माण विषयमा चाइना गेजुवा ग्रुप कम्पनीका प्रतिनिधिसँग तीन दिन वार्ता गरे पनि सरकारले निष्कर्ष गोप्य राखेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको भन्दै बुधबारदेखि शुक्रबारसम्म वार्ता गरेको थियो ।

गेजुवा र उर्जा मन्त्रालयका प्रतिनिधिबीचको वार्ता शुक्रबार टुंगिएको छ, मन्त्रालयका एक अधिकारीले भने, के निष्कर्ष निस्कियो हामीलाई पनि भनिएको छैन ।

असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावटको बुढीगढडकी जलविधुत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग समझदारी गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

नेपाल समाचारपत्र
आजको नेपाल समाचारपत्रमा जंगली कालिज शहरका भान्सामा  शीर्षकमा टीका बन्धनले समाचार लेखेका छन् ।

‘जंगली कुखुरा’ भनेर कहलिएको कालिज अब जंगलमा मात्रै सिमित रहेन ।

शहर बजारमा व्यवसायिक कालिज फार्म खुल्न थालेपछि यो पन्छीको मासु र अन्य परिकार सहजै उपलब्ध हुन थालेको छ ।

काठमाडौंको एभरेष्ट वाइल्ड लाइफ एग्रो एण्ड रिसर्च सेन्टरले मासु र आफ्नै रेष्टुरेन्ट मार्फत परिकार उपलब्ध गराउन सुरु गरेको छ ।

कम्पनीले डेढ केजी हाराहारीको कालिज ३ हजार ५ सय रुपैंयाँमा उपलब्ध गराउन थालेको छ ।

गत असार तेस्रो सातामा चल्ला अहिले बयस्क भएपछि मासु विक्री गर्न सुरु गरिएको सेन्टरका प्रबन्ध निर्देशक बाबुराम श्रेष्ठले बताए ।

यस्तै नागढुंगा–धुलिखेल सुरुङमार्ग निर्माण अलपत्र लगायतका वातावरण र विकासका समाचार पनि छापिएका छन् ।

Facebook Comments