लिटरेचर फेस्टिवल : रूखका हाँगाबिंगा जथाभावी काटिएपछि १० हजार जरिवाना

काठमाडौं–पोखरामा आइएमई नेपाल लिटरेचर फेस्टिवल आयोजना गर्ने क्रममा फेवाताल वरपरका रुखका हाँगाबिंगा जथाभावी काटिएपछि स्थानीय तहले आयोजकलाई जरिवाना तिराएको छ।

पुस ७ देखि १० गतेसम्म फेवातालको किनारमा चलेको फेस्टिबलमा आयोजक संस्था बुकवर्म फाउण्डेसनले२४ वटा रुखका हाँगाबिंगा सम्वन्धित निकायको अनुमतिबिना काटेपछि पोखरा महानगरपालिका वडा नम्बर ६ ले १० हजार जरिवाना तिराएको हो।

सौन्दर्य बिग्रने गरी रुखका हाँगाबिंगा काटिएको भन्दै नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले लिखित उजुरी दिएका थिए।

सोही उजुरी छानबिन गर्दा आयोजकले गलत गरेको ठहर भएपछि सचेत गराउँदै जरिवाना गराइएको पोखरा महानगरपालिका ६ नम्वर वडाका अध्यक्ष जगतबहादुर पाहारीले जानकारी दिए। ‘रूखका हाँगाबिंगा काँटछाँट गर्दा पनि सम्बन्धित निकायको अनुमति लिनुपर्छ। तर, उहाँहरु (बुकवर्म) ले जथाभावी रुपमा लापरवाही ढंगले काटेको पाइयो,’ उनले भने।

Facebook Comments