कंक्रिटले भरिँदै पशुपति क्षेत्र (फोटो/भिडियो)

काठमाडौँ – विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ क्षेत्र कंक्रिटले भरिँदै गएको छ। पशुपतिनाथ मन्दिर वरपर मात्र नभइ पशुपति क्षेत्रभित्र पर्ने वनजंगल पनि कंक्रिटले भरिँदै गएको हो।

यसरी हरेक क्षेत्रमा कंक्रिटको प्रयोग बढ्दै जान थालेपछि पशुपति क्षेत्र भित्रको जंगल मासिन थालेको छ। तर, पशुपति क्षेत्र विकास कोष भने संरचनाको पुनर्निर्माणको नाममा कंक्रिट थोपार्दै आएको छ।

जंगलभित्र बनाइएका विभिन्न संरचनाले गर्दा विस्तारै जंगल मासिँदै गएको पाइन्छ। तर, यसतर्फ भने कसैकान ध्यान गएको देखिदैँन।

शव गाड्ने स्थान श्लेष्मान्तक वन यतिबेला शवसँगै कंक्रिटले भरिन थालेको छ। यसले गर्दा उक्त क्षेत्रमा रहेका रुखविरुवा मासिने अवस्था पुगेका छन्। यसै विषयलाई लिएर विभिन्न समयमा आवाज उठेपछि शव गाड्दा कंक्रिटको प्रयोग नगर्ने भनिए पनि कार्यान्वयन भएको पाइँदैन।

यसैगरी, पशुपति क्षेत्रमा पदमार्ग निर्माण गर्दा पनि कंक्रिटकै प्रयोग भएको छ। यसरी कंक्रिटको प्रयोगले जंगल तथा वातावरण विनाशलाई निम्त्याउँदै गर्दा सम्बन्धित निकाय भने मौन रहँदै आएको छ।

भिडियाे/तस्बिर : शालिक/अमिष

Facebook Comments