जथाभावी फोहोर फालेको जानकारी दिनेलाई पुरस्कार

काठमाडौँ–भरतपुर महानगरपालिकाले जथाभाबी फोहोर फालेको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ।

महानगरले जथाभाबी फोहोर फालेको जानकारी दिने सङ्घसंस्था,व् यक्ति तथा अभियन्तालाई पुरस्कार दिने व्यवस्था गरेको हो। जरिवाना रकमको २५ प्रतिशत पुरस्कार जानकारी दिने व्यक्तिले पाउने छ।

सार्वजनिक स्थानमा फोहोर फालेमा फोहरमैला व्यवस्था ऐन २०६८ अनुसार पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

महानगरले घर, पसल, संघसंस्थाबाट निस्केको फोहोरलाई बाटो, चोक चौबाटोमा नफाली फोहरमैला सङ्कलन गर्ने सवारीसाधनमा मात्र राख्न नगरवासीलाई अनुरोध समेत गरेको छ।

Facebook Comments