यातायात प्राधिकरण गठनको तयारीमा सरकार

काठमाडौँ – देशभरको यातायात व्यवस्थालाई व्यवस्थित पार्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात प्राधिरकण गठन गर्ने तयारी गरेको छ।

स्वतन्त्र रुपमा काम गर्न पाउने गरी स्वायत्त निकायको रुपमा प्राधिकरण गठन गर्ने तयारी रहेको यातायात विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय बताउँछन्।

पुस महिनादेखि काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनलाई वर्गीकरण गरी छुट्टाछुट्टै रुट दिने तयारीमा रहेको विभाग मन्त्रालयले छुट्टै निकाय बनाउने भएपछि चुप बसेको छ।

‘हामीले यही(पुस) महिनादेखि काठमाडौँ उपत्यकामा चल्ने सवारीलाई ठूलो सानो हेरेर छुट्टाछुट्टै रुट दिने तयारी गरेका थियौँ,’ सूचना अधिकारी उपाध्यायले भने, ‘अहिले मन्त्रालयले यातायात हेर्ने छुट्टै स्वायत्त निकाय बनाउँदै छ, अब उक्त निकायले नै रुट परमिट दिने काम गर्छ।’

पहिलो चरणमा काठमाडौँ उपत्यकाको यातायात व्यवस्था हेर्नेगरी गठन हुन लागेको प्राधिकरणले केही समयपछि देशैभर काम गर्ने मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाको भनाइ छ।

‘अहिले भइरहेको विभागले बनाएको नीति नियम तथा अन्य कार्यक्रम कार्यान्वयन भएको छ छैन्, हेर्न तथा गर्ने गराउने काम प्राधिरणले गर्नेछ,’ उनले भने, ‘पहिलो चरणमा काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित बनाउनेछौँ त्यसपछि देशैभरको काम प्राधिरणले नै हेर्नेछ।’

यसका साथै सरकारले प्राधिरकण मार्फत तीन सय विद्युतीय बस खरिद गर्ने तयारी गरेको छ। आगमी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने गरी सरकारले ३ सय विद्युतीय बस खरिद गर्न लागेको हो।

‘प्राधिकरण बनेसँगै यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मा उसैको हुने प्रवक्ता सापकोटा भनाई छ। यसका साथै उनले प्राधिरणले बस खरिद गर्ने, कुन रुटमा कस्तो गाडी चलाउने भन्ने कुरा सबै प्राधिकरणले नै निक्र्यौल गर्ने बताए।

Facebook Comments