चितवन राष्ट्रिय निकुञ्ज प्लास्टिकमुक्त घोषित

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ।

photo source : WWFNepal

प्लाष्टिकजन्य पदार्थका कारण निकुन्जमा वातावरण प्रदूषण बढ्नुका साथै वन्यजन्तुलाई समेत असर गरेको भन्दै सरकारले सन् २०१९ जनवरी १ अर्थात् १७ पुसमा उक्त निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको हो।

चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालका अनुसार प्लास्टिकमुक्त घोषणासँगै अब निकुञ्जभित्र प्लास्टिकका झोला, बोतल लग्न पाइने छैन। प्लाष्टिकको विकल्पमा कपडाको झोला प्रयोगमा ल्याउँछौं,’ उनले भने।

चितवन निकुञ्ज प्लास्टिकमुक्त घोषणा गर्ने पहिलो निकुञ्ज हो।

photo source : WWFNepal
Facebook Comments