गैंडाको खागसहित धनगढीबाट एक जना पक्राउ

धनगढी–प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–६ –जालीबाट गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी–५, जाईका चक्र भण्डारीलाई खागसहित पक्राउ गरेको हो। भण्डारीले उक्त खाग भारतबाट ल्याएको बयान दिएको डीएसपीहरिबहादुर ओलीले जानकारी दिए। उनका अनुसार भण्डारीको साथबाट बरामद गरिएको खागको तौल एक किलो दुई सय ९० ग्राम छ।

भण्डारीलाई खाग सहित डिभिजन वन कार्यालय कैलालीलाई बुझाउने तयारी गरिएको प्रहरी ओलीले बताए। वन्यजन्तुको ओखेटोपार तस्करी गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाँचदेखि १० लाख जरिवाना र पाँचदेखि १५ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था छ।

Facebook Comments