पत्रपत्रिकामा आज : तरकारीमा विषदी घट्दो , ३२ लाख गाडीमा एक लाखको प्रदूषण जाँच, क्रसर उद्योग संचालन गर्न माग

काठमाडौं–आजका दैनिक पत्रपत्रिकाले प्रदूषण , तरकारीमा विषादीको प्रयोग, अनियमित वर्षाले पारेको प्रभाव सम्बन्धि समाचार प्रकाशित गरेका छन् ।

कान्तिपुर

तरकारीमा विषदी घट्दो शीर्षकमा राजु चौधरीले समाचार लेखेका छन् । तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको सरकारी परिक्षणले देखाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले पाँच वर्षयता परिक्षण गरिएका तरकारीबारे तयार पारेको प्रतिवेदनअनुसार विषादीको प्रयोग क्रमश घट्दो छ ।
प्रतिवेदनअनुसार २०७१ असार महिनामा १ सय ८७ तरकारीको परिक्षण गर्दा ३२ वटामा विषादी भेटिएको थियो । यो वर्ष ७ सय ७५ परिक्षणमा २ वटामा विषादी भेटिएको थियो ।

गत वर्ष १ हजार ८ सय ५० परीक्षणमा ४ वटामा मात्रै विषादी भेटिएको थियो । यही तथ्यांकका आधारमा अहिले क्रमशः विषदी घट्दै गएको उल्लेख छ ।
यसैगरी अनियमित वर्षाले घट्न थाल्यो उत्पादन शीर्षकको समाचार चन्द्र कार्की, एलिसा श्रेष्ठ र प्रदीप मेन्याङ्बोले तेह्रथुम ,भोजपुर र सुनसरीबाट संयुक्त रुपमा खबर लेखेका छन् ।

पानीका मुहान सुक्दै जाने, वर्षा पनि समयमा नहुने भएपछि गाउँमा समस्या पर्न थालेको छ । घरायसी प्रयोजनका लागि मात्र होइन, यसले कृषिमा पनि प्रभाव पारिरहेको छ ।

स्थानीय बासिन्दा खडेरीका बेला कसरी जीवनयापन गर्न सकिन्छ भन्ने उपायको खोजीमा लागेका छन् । यसका लागि सरोकारवालाबीच छलफल गरी उपाय पहिल्याउने प्रयास सुरु भएको छ ।

मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि ‘अनुकूलनका योजना’ बनाउन थालिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश सेनले बताए ।

उनका अनुसार प्रकोपसँग जुध्ने उपाय खोज्न गाउँलेबीच छलफल थालिएको छ । तेह्रथुममा मोटरबाटो खन्ने लहर सुरु भएसँगै पानीको मुहानमा असर देखिएको उनीहरूको अनुभव छ ।

सडकका कारण हरियो वन जंगल मासिएको र पानीका मुहान सुकेको छथर गाउँपालिका–२ का भूपाल कार्कीले बताए ।

वातावरणमा भएको परिवर्तनको असर कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा ऊर्जा, मानव स्वास्थ्य, सहरीकरण तथा भौतिक पूर्वाधार क्षेत्रमा प्रत्यक्ष देखिएको गाउँलेको निष्कर्ष छ ।

खडेरीका कारण यो वर्ष भोजपुरमा धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा साढे ५ हजार मेट्रिकटन धान उत्पादन कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्याप्त सिँचाइ अभाव, विभिन्न रोग र किराको प्रकोपले गर्दा पोहोरको तुलनामा १६ प्रतिशत हाराहारी उत्पादनमा ह्रास आएको हो । गत वर्ष ३६ हजार ३ सय १८ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ३० हजार ७ सय ५६ मेट्रिकटन मात्र उत्पादन भएको केन्द्रले जनाएको छ ।

सप्तकोसी किनारमा धानखेती वा फलफूल तरकारी खेती हुनुपर्ने हो । नदी आसपास क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यस्तो अवस्था छैन । आकाशे पानीको भरमा खेती किसानी गर्ने बराहक्षेत्रको राजाबास, प्रकाशपुर र चक्रघट्टीका किसान अचेल तरुल खेतीमा लागेका छन् ।

नयाँपत्रिका
३२ लाख गाडी, एक लाखले गराउँछन् प्रदूषण जाँच शीर्षकमा वीरेन्द्र ओलीले खबर लेखेका छन् ।

देशैभर सवारीसाधनको चाप बढ्दै गएपनि प्रदूषण मापदण्ड भने खुकुलो हुँदै गएको छ । यातायात व्यवस्था विभागका अनुसार गत वर्ष देशभर ३२ लाख २१ हजार सवारीसाधन दर्ता भएका छन् । जसमध्ये २५ लाख १२ हजार मोटरसाइकल मात्र दर्ता भएका छन् ।

अहिले चारपांगे गाडीको प्रदूषण जाँच हुने गरे पनि मोटरसाइकलको जाँच गर्ने व्यवस्था छैन । सार्वजनिक सवारीसाधनलाई ६ महिनामा एकपटक र निजी गाडीको एक वर्षमा प्रदूषण जाँच गर्ने व्यवस्था छ ।

अन्नपूर्ण पोष्ट

जथाभावी सडक खन्दा सुके मुहान शीर्षकमा प्युठानबाट केशर रोका लेख्छन् , ‘ कुनै वातावरणीय अध्ययन अनुसन्धानबिनै डोजर लगाएर सडक खन्दा यहाँका धेरै पानीका मुहान सुक्न थालेका छन् । ’ स्थानीयलाई खानेपानीको जोहो गर्न हम्मेहम्े परेको छ ।

क्रसर उद्योग सञ्चालन गर्न माग शीर्षकमा नितु घलेले ललितपुरबाट समाचार लेखेकी छिन् । सडक निर्माण तथा भूकम्पपीडितका घर पुनर्निर्माण सामग्रीको अभाव भएको भन्दै निर्माण व्यवसायीले खानी तथा क्रसर उद्योग सञ्चालन हुनुपर्ने माग गरेका छन् ।

निर्माणाधीन अजस्थामा रहेको क्रान्तिलोकपथ, चापागाउँ सडकखण्ड, दोस्रो किस्ता लिइसकेका भूकम्पपीडितको आवास निर्माणमा सामग्री अभाव भएको व्यवसायीको भनाइ छ ।

यसैगरी गण्डकी नहर सम्बन्धि भारतले पानी नछड्दा सिँचाइ हुन कठीन भएको वीरगन्जबाट क्रान्ति शाहले लेखेको समाचारमा उल्लेख छ ।

राजधानी

अर्गानिक अकबरे शीर्षकमा सफल किसानको खबर छापिएको छ । भगीरथ भण्डारीले इलामबाट सो खबर लेखेका छन् ।

अर्गानिक चियाखेतीको परिचय बनाउँदै गरेका इलामका किसानको परिचय थपिएको छ, अकबरे खुर्सानीले  चियासँगै अन्य खेतीलाई पनि अर्गा्निक बनाउनेक्रममा कृषकका आँखा यतिबेला अर्गा्निक अकबरे उत्पानमा केन्द्रित छ ।

सूर्योदय नगरपालिकाले त नगरलाई ‘ अर्गानिक नगर’ घोषणा गरी अर्गा्निक अभियान नै चलाएको छ ।

अकबरे खोर्सानी र काँक्रोको अर्गा्निक खेतीमा लागेका स“र्योदय नगरपालिका–१२ का मदन राईले यस वर्ष मात्रै १८ देखि २० हजार खोर्सानीका बिरुवा बिक्रीको लक्ष्य लिएका छन् ।

अकबरे खोर्सानी खेती चुनौतीपूर्ण रहे पनि नयाँ प्रविधि लगाएर अर्गा्निक उत्पादन लिन राई र उनकी श्रीमती अग्रसर भएर लागेको बताउँछन् ।

अर्गा्निक खोर्सानी लगभग १५ दिनसम्म आलो रूपमै प्रयोग गर्न सकिन्छ । बजारमा अकबरे खोर्सानीको अचार, पेस्ट, निम्की बनाएर मूल्य अभिवृद्धि गर्न थालिएपछि यसको माग पनि उच्च छ ।

जिल्लामा विगत तीन वर्षदेखि अकबरे खोर्सानीका द’ईवटा पकेट कार्यक्रम सञ्चालनमा छन् । माइजोगमाई गाउँपालिकाको सोयाङमा लालीग’राँस अकबरे उत्पादन पकेट आयोजना र रोङ गाउँपालिकाको देवानछाप खोर्सानी पकेट आयोजनाले उत्पादन नै थालेका छन् ।

खोर्सानी बालीलाई व्यावसायिक बनाउन कृषि ज्ञान केन्द्रमार्फत पोस्ट हार्भेस्ट, साना सिँचाइ र बीउबिजनमा सहयोग पु¥याइएको छ ।

खोर्सानी खेतीमा नयाँ प्रविधि लगाएर अर्गा्निक उत्पादन लिनका लागि किसान अग्रसर भएका छन् . जिल्लाकोे सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिकाका किसानका लागि अकबरे खोर्सानी खेती भरपर्दो आयस्रोत बनेको छ ।

स“र्योदय नगरमा रहेको आठघरे कृषि सहकारी संस्थाले संस्थागत रूपमै किसानलाई तरकारी खेतीमा लाग्न र नयाँ प्रविधिमा अर्गा्निक उत्पादन गर्न प्रोत्साहन गरिरहेको छ ।

अकबरे खोर्सानी खेतीमा औंसा पर्ने, पातमा फ’र्के टीका बसेर मर्ने जस्ता रोगले किसानलाई सताएको छ . बोटको फेदमा कालो रङ लागेर बोट मर्र्ने समस्या देखिएको किसान बताउँछन् ।

रोगले सताउन थालेपछि कृषकले माटोमै नीमपत्तीका पिना लगाएर उपचार गर्ने प्रविधि थालेपछि ख’र्सानी उत्पादन फस्टाएको छ । कृषकले ख’र्सानीमा नीम तेल र कीराका लागि लिसोसँगै मलखादका लागि गाईको गह’ँत र कम्पोस्ट मल प्रयोग गरिरहेको राई बताउँछन् ।

Facebook Comments