२० फाेटाेमा हेर्नुहाेस् कालिञ्चाेककाे मनाेरम दृष्य

काठमाडाैं–दाेलखाकाे कालिञ्चाेक गाउँपालिकास्थित कालिञ्चाेक भगवती मन्दिर पछिल्लाे समय पर्यटकीय गन्तव्यकाे स्थल बन्दै गइरहेकाे छ।

काठमाडाैँबाट सय किलाेमिटर भन्दा बढीकाे यात्रा पश्चात पुग्न सकिने कालिञ्चाेक पुग्दा सेता हिमाललाई आँखै अगाडि देख्न पाइन्छ। ठूला ठूला पहाड अनि टुप्पोमा कालिञ्चोक भगवती। त्यहाँबाट देखिने मनोरम दृश्य यो सबैको आनन्द लिनका लागि पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरको छ।

सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाउँपालिकास्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदीबहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।

कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन। कुरी बजारदेखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ।

तस्बिर : शालिक भट्ट

Facebook Comments