बाघको छालासहित दुुई जना पक्राउ

नेपालगञ्ज–प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित दु्ई जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

नेपाल प्रहरीको प्रदेश ५ अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालयको टोलीले एक थान बाघको छाला र हड्डीसहित दैलेखका कमल खत्री र कञ्चनपुरका हरि ढकाललाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार बरामद छाला र हड्डी बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको छ।

Facebook Comments