दुई जना परेवा शिकारी बन्दुकसहित काठमाडौंबाट पक्राउ

काठमाडौं–प्रहरीले दुई जना परेवा शिकारीलाई भरुवा बन्दुकसहित काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धले परेवाको शिकार खेल्दै गरेका काठमाडौं भीमसेन गोलाका नवीनविक्रम शाही र विजयविक्रम शाहीलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

वृत्तका अनुसार उनीहरुलाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानी क्षेत्रमा शिकार खेल्दै गर्दा १० वटा मृत परेवासहित पक्राउ गरिएको हो।

Facebook Comments