काठमाडाैं ल्याइदै गरिएकाे अवैध काठ बरामद

काठमाडाैं–मेलम्ची नगरपालिका–२ निबुवा गाउँबाट उतिसकाे काठ बरामद गरिएकाे छ।

काठमाडौँ लैजान लागिएको उतिसकाे  तीन हजार ६ सय क्युबिक फिट अवैध काठ  इलाका प्रहरी कार्यालयले बरामद गरेको हाे।

 प्रहरीले काठ ओसार्न प्रयोग भएको  बा ५ ख ८५११, बा ४ ख ८२६९ र बा ५ ख ३१३२ नम्बरकाे गाडी समेत जफत गरेकाे छ। सो काठलाई वन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। गाउँगाउँमा काठ मिल खुलेसँगै अवैधरुपमा काठ कटानी हुँदै आएको यसअघि पनि उजुरी पर्ने गरेको छ । सामुदायिक वनसँगको मिलेमतोमा काठ काठमाडौँ पठाउने गरिएको जनगुनासो आउने गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments