२५ लाख लागतमा कुखुरेपानीमा फोहोरमैला संकलन केन्द्र

दमौली–तनहुँको बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ कुखुरेपानीमा फोहरमैला संकलन केन्द्र निर्माण गरिएको छ।

गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि पाँच रोपनी जमिनमा २५ लाखको लागतमा केन्द्र निर्माण गरिएको वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।

फोहोरमैला संकलन केन्द्र नहुँदा चुँदी खोला नजिक जथाभावी फोहोरमैला बिसर्जन गर्नुपर्ने अवस्था थियो। तर, अब फोहोरमैला व्यवस्थापनका लागि सहज हुने उनको विश्वास छ। गाउँपालिकाको शहरी क्षेत्रबाट दैनिक दुई ट्याक्ट फोहोर संकलन हुने गर्छ ।

Facebook Comments