पत्रपत्रिकामा आज : खानेपानी पिरलो उस्तै, ५११ हिमताल थपिए

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
गोरखापत्र
–आजको गोरखापत्रमा हुम्ला खण्डको ट्र्याक आधा छिचोलियो शिर्षकमा समाचार छापिएको छ। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको आधाभन्दा बढी प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ। हिल्सा सिमकोट सडक आयोजना र नेपाली सेनाले सो खण्डमा कामलाई तिब्रता दिएपछि करिडोरको हुम्ला खण्डमा आशातीत सफलता हात लागेको दाबी गरिएको छ।

करिडोरको हुम्ला खण्ड २०६।९ किलो मिटर मध्ये हालसम्म ११५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको हिल्सा सिमकोट सडक आयोजना प्रमुख शशांक मिश्रले बताए।

सडक आयोजना र नेपाली सेनाले भाग लगाएर काम गरिरहेका छन्। आयोजनाको जिम्मामा रहेको १४५.९ किलो मिटरमध्ये हालसम्म १०४ किलो मिटर सडकको ट्रयाक खोलिसकिएको मिश्रले स्पष्ट पारे। त्यसमा पनि हिल्सा सिमकोटको ९९५ किलो मिटर० ९२ किलो मिटर ट्रयाक खोलेर ४२ किलो मिटर सडकलाई थप बिस्तार गर्ने कार्य समेत पूरा भएको छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा खानेपानी पिरलो उस्तै शिर्षकमा बिस्नप्रसाद न्यौपनेको समाचार छापिएको छ। पलाँता २ बान्जडाकी सरसस्ती प्याकुरेलको दैनिकी खानेपानी बोक्दै बित्छ । एक गाग्री पानी लिन उनी दुई घण्टाको बाटो हिँडेर खोला किनारमा रहेको धारामा पुग्ने गर्छिन् । ‘गाउँमा पानी छैन, एक घण्टा ओरालो झरेर थाडीबाट पानी ल्याउनुपर्छ,’ उनले भनिन,‘ वर्षौ भयो यो समस्या भेगेको, पानी बोक्दा बोक्दै थाप्लोका कपाल झरिसके । एक गाग्री पानी पाउँदा पनि लडाँइ जितेजस्तो लाग्छ।

नागरिक
–आजको नागरिकमा कालिञ्चोकमा जंगल फँडानी तीव्र शिर्षकमा रमेश खतिवडाको समाचार छापिएको छ । अतिक्रमणको चपेटामा परेको पर्यटकीय क्षेत्र कालिञ्चोकमा तीव्र रूपमा वन फँडानी भइरहेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्। कालिञ्चोकमा सार्वजनिक जमिन अतिक्रमण गरेर बिनाअनुमति संरचना तयार गर्न वरपरको जंगलका रूख काटिएका छन्।

कान्तिपुर
–आजको कान्तिपुरमा ५११ हिमताल थपिए शिर्षकमा गोविन्द पोखरेलको समाचार छापिएको छ । नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।

त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ । अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । एक वर्ष लगाएर गरिएको अनुसन्धानमा ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो ।

 

Facebook Comments