इन्फोग्राफक्समा हेर्नुहोस् फोहोर व्यवस्थापनमा खटिने कामदारको अवस्था

काठमाडौं–मेडिसिन डियु मोन्डे नामक एक संस्थाले गरेको अध्ययनले काठमाडौ उपत्यका लगायतका जिल्लामा फोहोर उठाउने कार्यमा खटिएका कामदारहरूले विभिन्न गम्भीर स्वास्थ्य समस्या भोगिरहेको देखाएको छ।

सो संस्थाले हालै प्रकाशित गरेको एक अध्ययनमा फोहोर व्यवस्थापन वातावरणीय र जनस्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषय भएपनि सो समस्या समाधानमा पर्याप्त ध्यान नपुगेको उल्लेख छ। ‘अझ काठमाडौ उपत्यकामा यो विषय निकै पेचिलो बनेको छ, जहाँ दैनिक रुपमा ६ सय २० टन फोहोर जम्मा हुने गर्दछ। फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी महानगरपालिकहरुको हो तर, उनीहरुले त्यसका पर्याप्त कदम चालेका छैनन्,’ सो अध्ययनमा भनिएको छ।

विशेषगरी विभिन्न प्रकारका संक्रमण, छालासम्बन्धी रोग र विभिन्न रसायनका कारण उनीहरुको स्वास्थ्यमा असर गरेको सो प्रतिवेदनको निष्कर्ष छ। तर, यो समुदायको संख्या र उनीहरुले भोगेको स्वास्थ्य सम्वन्धी समस्याको बारेमा कुनै पनि औपचारिक तथ्याङ्क छैन। फोहोर संकलनमा खटिने कामदारलाई सो अध्ययनले नेपालको गरीव समुदायको रुपमा उल्लेख गरेको छ।

विशेषत उनीहरु घाइते हुने, विभिन्न प्रकारका संक्रमण हुने, श्वाप्रश्वास सम्बन्धी समस्या देखिने र मानसिक तनाव समेत हुने सो अध्ययनले देखाएको छ। अध्ययनले सम्बन्धित निकायले उनीहरुलाई स्वास्थ्यका विभिन्न पक्षहरुको बारेमा जानकारी गराउनुपर्ने सिफारिस गरेको छ।

सो संस्थाले हालै १ हजार २ सय ८० कामदारलाई सहभागी गराएर एक अध्ययन गरेको थियो। अध्ययनको क्रममा दुई व्यक्तिले सर्भक्षणमा सहभागी नहुने बताएका थिए। फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत कामदारको समाजशास्त्रीय विवरण इन्फोग्राफक्समा प्रस्तुत गरिएको छ।

Facebook Comments