कमलपोखरीमा रहेका रानीपोखरीका माछा धमाधम मर्दै (फोटो/भिडियो)


काठमाडौं
– १२ वैशाख २०७२ को भूकम्प पश्चात कमलपोखरी सारिएका रानीपोखरीका माछा धमाधम मर्न थालेका छन्।
रानीपोखरी पुनर्निर्माणका क्रममा दुई वर्ष अघि कमलपोखरीमा सारिएका माछा मरेर तालको किनारामा तैरिन थालेको दृष्य देख्न पाइन्छ।

माछा मरेर गन्हाउन थालेपछि काठमाडौँ महानगरपालिकाले उठाएपनि दैनिक रुपमा माछा मर्दै गएपछि अहिले जाल हानेर जिउँदो र मरेको दुवै माछा निकाल्न थालिएको छ।

फोहोर पानी र उचित आहाराको अभावमा त्यहाँको माछा मरेको पोखरी संरक्षण गरिरहेको कमलपोखरी स्पोटसर्् क्लबका सचिव रामजी प्याकुरेल बताउँछन्।

रानी पोखरीमा रहेका जुँगे माछा त्यहाँ सारेपछि त्यहाँका साना माछालाई आहारा बनाएका उनीहरू उचित वातावरणको अभावमा मरेको स्थानीयको भनाइ छ ।

Facebook Comments