कर्णाली नदीमा अवैध उत्खनन् : चार सवारीसाधन नियन्त्रणमा

सोमवार, माघ २१, २०७५

धनगढी–जिल्ला समन्वय समिति कैलालीले प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) नगरेको ठाउँका नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएकाे घाेषणा गरेपनि कार्यान्वयन हुन सकेकाे छैन।

जिल्ला समन्वय समितिको अनुगमन समितिले अवैधरुपमा कर्णाली नदीबाट ढुङ्गा, बालुवा, गिट्टी सङ्कलन गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ। अनुगमन समितिले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) नगरेको र अनुमति इजाजत नलिएको क्षेत्रमा उत्खनन गरिरहेको एक जेसिवी र तीन वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेमा से १ त ३८८३ को जेसिवी र से १ त ४२३२, से १ त ८९५४ र भे १ त ५२३५ नम्बरको ट्रयाक्टर घटना स्थलबाट नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय पहलमानपुरका सबडिभिजन अधिकारी दीपक ज्ञवालीले बताए।

नियन्त्रणमा लिएको जेसिवी र  ट्रयाक्टरको कारबाहीका लागि मुद्दा अगाडि बढाउने ज्ञवाली बताए। अनुगमन समिति कर्णाली नदीमा पुग्दा ढुङ्गा, बालुवा, गिट्टी उत्खनन गर्ने व्यक्ति भने गाडी छाडेर भागेको लम्कीचुहा नगरपालिकाका उपमेयर टीका थापाले बताइन्।

समितिले हालसम्म पाँच पटक अनुगमन गरेको समेत उनले बताइन्। कानुन विपरीतको कार्य गर्नेहरूलाई कारबाही गर्नुपर्ने र कारबाहीको प्रक्रिया अगाडी बढाउने उनले बताइन्।

आईईई बिनै कर्णालीबाट ढुंगा, बालुवा उत्खनन्

Facebook Comments