यसरी फेरियो कमलपोखरी पार्कको स्वरुप (फोटो फिचर)

ललितपुर महानगरपालिकाको कार्यालय आडैमा रहेको राणाकालीन ऐतिहासिक कमलपोखरी। ‘४० वर्षअघिसम्म भवन पछाडि चार ऐतिहासिक राणाकालीन पोखरी थिए । ती सबै पुरिए, अहिले एउटा पोखरी बाँकी छ।
महानगरपालिकाको स्वामित्वमा रहेको करिब दुई रोपनी जग्गा र पोखरीलाई यसअघि झार र फोहोरले छोपेको थियो । नगरपालिका भवन छेउमै रहेको पोखरीको मर्मतसम्भार गरेर चिटिक्क पारिएको हो । ललितपुर महानगरपालिकाभित्रका ढुंगेधाराको मुहान पोखरी भएको र पोखरी नै सुक्दा ढुंगेधारा पनि सुक्दै गएको स्थानीय बताउँछन् ।

 

Facebook Comments