शताब्दीको अन्त्यसम्म समुन्द्रको रंग अझ कालो हुने : अध्ययन

काठमाडौं–जलवायु परिवर्तनको तीव्र असरका कारण यो शताब्दीको अन्त्यसम्म समुन्द्रको रंग अझ कालो हुँदै जाने एक अध्ययनले देखाएको छ ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित सो अध्ययनका अनुसार विश्वका आधाभन्दा बढी समुन्द्रको रंगको परिवर्तन आउने छ। अमेरिकाको म्यासाचुसेट्स प्रविधि संस्थानका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनले जलवायु परिवर्तनका लागि समुन्द्रमा अझ धेरै नकारात्मक असर गर्ने समेत उल्लेख गरेको छ।

समुन्द्रमा तीव्र रुपमा आइरहेको परिवर्तन अहिले आँखाले ठम्याउन सक्ने अवस्था नभएपनि भुउपग्रहबाट लिइएको तस्वीरले पानीमो रंगमा आएको परिवर्तन देखिएको अनुसन्धानकर्ताहरुले वताएका छन्।

सन् २१०० सम्म विश्वको तापक्रम ३ डिग्रीसम्म वृद्धि हुने प्रक्षेपण गरिएको छ। समुन्द्रमा परेको नकारात्मक असर कम गर्न विश्वव्यापी पहल लिन ढिलो भइसकेको समेत अनुसन्धानकर्ताको भनाइ छ।

Facebook Comments