सूर्ती, गुट्खामा प्रतिबन्ध लगाउन संसदमा माग

काठमाडौं–नदीनाला फोहोर हुनुको प्रमुख कारणमध्ये एउटा प्लास्टिकजन्य पदार्थ रहेकाले सूर्ती र गुट्खामा नै प्रतिबन्ध लगाउनु पर्ने माग उठेको छ।

सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सो माग राखेका हुन्। शून्य समयमा बोल्दै सांसद बस्नेतले बाग्मती, हनुमन्ते, मनोहरा लगायतका नदी सफाइका सयौँ हप्ता पुग्दासम्म पनि प्लास्टिकका खोल, गुट्खा र सूर्ती खोल अत्यधिक पाइएको बताए। ‘सूर्ती र गुट्खा निषेध गर्नुपर्छ,’ उनले भने।

सांसद बस्नेतले प्लास्टिकजन्य पदार्थमा पनि अतिरिक्त कर लगाउनुपर्ने बताए। १५ रुपैयाँ भए १६ रुपैयाँ मूल्य बनानुपर्ने र एक रुपैयाँ खोल फिर्ता गरेपछि दिनुपर्ने व्यवस्था लागू गर्न उनको माग छ।

Facebook Comments